Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तपाइँलाई भालाले हान्दा कस्तो हुन्छ ? :-सिटौला

काठमाण्डौ  , १४ भदौ ।

नेपालको संविधानको विधेयक माथिको सैद्धान्तिक छलफलमा चार सय बढीले भाग लिनुभएको छ। धेरै महत्वपुर्ण सुझाव आएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा हुँदैछ। ढिलाई नगरी प्रक्रिया पु¥याएर संविधान जारी गर्नुपर्छ भन्ने सबैको भावना छ। विधेयकमा रहेका कमजोरी र त्रुटीलाई संशोधनको माध्यमद्धारा अघि जानु आजको राष्ट्रको अपरिहार्य आवश्यकता हो।Krishna-Sitoula यौ नै सबैभन्दा महत्वपूर्ण निष्कर्ष पनि हो।


आम नेपाली जनताको भावना प्रस्फुटन भएको छ। यो विधेयकमा संशोधनको प्रक्रिया अघि बढेपछि धेरै धारा र  उपधारामा छलफल होला। त्यसबेला विस्तृत कुरा आउँछ। हरेक विषयमा दुईमत देखिन्छ । प्रस्तावनामै एउटा विचार आएको छ। सबै संघर्ष लेखिनुपर्छ अर्को विचार छ। अब कता जाँदैछौं भन्ने कुरा लेख्नुपर्छ भन्ने कुरा पनि आएको छ। एउटा ठोस कुरा चाहिँ दिगो शान्ति सम्बोधन गर्नुपर्छ।


लोकतान्त्रिक मूल्य मान्यतामा आधारित भएर संविधान निर्माण गर्नु मुल लक्ष्य हो। सभासदबीच र राजनीतिक दलबीचको छलफल हुन सक्छ त्यसले तात्विक असर पार्दैन। धर्मनिरपेक्ष सबैभन्दा बढी छलफलको विषय बनेको छ। संवाद समितिको निर्णयमा धर्मनिरपेक्ष टुंगो लाग्न नसकेको भनेर पठाइएको छ। यसले जनमानसमा अर्को असर पारिरहेको छ। राज्य धर्मनिरपेक्ष भनेर राख्न खोजिए पनि जनता समक्ष यसको गलत व्याख्या भइरहेको छ। यी विषय अब चार दलको छलफलको विषय बन्न सक्छन्। थ्रेसोल्ड अधिकांशले उठाएका छन् । टुंगो लाग्न नसकेको भनेर पठाइएको थियो। यो पनि संशोधनको माध्यमद्वारा राख्न सकिन्छ।

राष्ट्रिय चिन्ह अन्तरिम संविधानमै रहेको छ। यसलाई निरन्तरता दिँदा राम्रो हुन्छ। नागरिकताको सम्बन्धमा धेरै विषय आएका छन्। जे व्यवस्था नागरिकताको अन्तरिम संविधानमा छ त्यो केही कटौती भएको छैन।

नागरिकताको विषयमा धेरैपटक छलफल भएको छ। हामी दुई ठूला देशको बीचमा छौं। भोलीको नेपाल सोचेर निर्णय गर्नुपर्छ। हाम्रो देशको व्यवस्था मौलिक रचना तलमाथि नभई दर सन्तानलाई सोँचेर गर्नुपर्छ ।

हाम्रो अर्थनीतिलाई मिश्रित रुपमा अङ्गिकार गरेको छ। मौलिक अधिकारको च्याप्टरमा पनि पाइन्छ लगानीमैत्री वातावरणमा कहाँनेर बाधा परेको छ त्यसलाई गम्भीरतापुर्वक विचार गर्न सकिन्छ। सम्बोधन गर्न सकिन्छ। यसलाई सम्बोधन गर्दा श्रमिकलाई पनि उचित सम्बोधन गर्नुपर्छ। कसरी जीवनमा सुधार गर्न सकिन्छ। उनीहरुको घरमा पनि खुसी आउनुपर्छ। एक पक्षलाइ सोचेर अर्को पक्षलाई बिर्सनु हुँदैन। श्रमिकको जीवनस्तर अघि बढोस्, प्रष्टताका साथ लेखिएको छ । केही कमजोरी भए संशोधन गर्न सक्छौं।

राज्य पुनर्संरचनाको विषय सवैभन्दा बढी विवादित बन्न पुगेको छ। यसै कारण पहिलो संविधान सभा विघटन भयो। सुरुमा संख्या आठ गर्ने सीमङ्कन नगर्ने भन्यौं, त्यसपछि ६ र अहिले विधेयकमा ७ प्रदेशमा पुग्यौं  । यो सँगै हिसात्मक घटना भएका छन्।

तराई, पहाड र हिमाल बनाउन सके त्यसले नेपालालाई जोड्छ। अर्को तराई हिमाल र पहाड सँगै राख्नुहुन्न भन्ने कुरा पनि आएको छ। अहिले ७ प्रदेशको खाका पहाड मात्रै, तराई  मात्रै र जोडिएका पनि छन्। आजको सम्झौता यहाँभन्दा अघि जान सक्ने अवस्था देखिएको छैन । फेरि पनि हामीले तलमाथि गर्न थाल्यौं भने अर्को कठिन चुनौतिको सामना गर्नुपर्नेछ।

७ प्रदेशको खाकामा चित्त नबुझाउनेलाई मेरो आग्रह छ। खाका त आएको छ । प्रदेश, गाउँपालिका, नगरपालिकाको निर्वाचन हुन्छ। पहिले ७ प्रदेशको निर्वाचन गरेर तलदेखि माथिसम्म चुनाव त गरौं । केन्द्रीकृत शासनलाई तल लैजादैछौं। यसको अभ्यास नगरी मैले भनेजस्तै हुुनुपर्छ भन्ने हठ राखे फेरि असफल हुन सक्छौं ।

बाहिर गएर हुँदैन यहीँ बसेर छलफलमा भाग लिनुपर्छ। यहाँ सहमति गर्न नसक्ने तर बाहिर गएर केही हुँदैन। यहीँ बसेर परिस्कृत गर्न सक्छौं। केही ठाउँमा सन्तुष्ट र असन्तुष्ट छ। पूर्ण सन्तुष्टि दिन सकिँदैन । पार्टीभित्रै पनि एक हुन गाह्रो छ। समग्रमा एकमत गराएर जान एकदम गाह्रो छ। देश टुक्र्याउने, जनमतसंग्रहको कुरा आउने गरेका छन्। छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्छ। जति ढिला गर्छौं अनेकौं समस्या जनताले झेल्नुपर्छ । हामी छिटो गएर जनतालाई सहज बनाउनुपर्छ।

संशोधन गर्दा संविधान पारित गर्न सक्छौं कि सक्दैनौं । राजनीतिक दलको सहमतिबाट संविधान निर्माणलाई तीव्रता दिएका छौं । पार्टीगत निर्णय गरेर संवाद समितिले अघि बढाएको यथार्थ हो। यथार्थमा रहेर संविधान संशोधन गर्नुपर्छ । परिमार्जन गर्नुपर्ने ठाउँमा एक भएर उभिनुपर्छ । संशोधन प्रक्रिया सही र निर्णायक ढंगले अघि जान सकोस् ।

जुन तरिकाको निरसंस घटना भएको छ। जसले गरे तपाई र तपाईको आफन्तलाई यस्तै घटना हुँदा तपाईले के सोँच्नुहुन्छ ? आफूले एक थप्पड खाँदा के जवाफ हुन्छ? भालाले हान्दा कस्तो भयो होला? उनीहरुको रक्षा गर्दा न्याय कसरी होला? दोषीलाई कारवाही नगरे सुन्दर संविधान ल्याएर शान्तिपूर्ण कार्यान्वयन गर्न समस्या पर्छ । आज मुलुकले हामीलाई हेरेको छ। यो घटना सरकार सबै दलले देखेका छन्। दोषीलाई कारवाहीको दायरामा ल्याइन्छ कि ल्याईदैन ? नाबालक र प्रहरीलाई जति बोले पनि प्राण हाल्न सकिन्न। दोहोरिन नदिन अपराधीलाई कठघरामा ल्याए फेरि यस्ता घटना दोहोँिरदैनन्।

सुन्नेजति संसार दुःखी भएका छन्। विदेशमा रहेकाहरुले हामीलाई के भनेका होलान् । उत्तेजना फैलाउने काम रोष्ट्रम र बाहिर पनि प्रयोग नगरौं । भोलीपल्ट थारुको घरमा आगो लागेका छन्। रोक्न सकेनौं। हामीले बुझेका त छौं नि त । अर्काको स्वतन्त्रतामाथि आँच पु¥याउन पाइँदैन। समाजलाई अशान्त बनाएर हिंसामय बनाएर स्वतन्त्रता उपभोग गर्न पाइँदैन। स्वतन्त्रताको संविधान लेख्दैछौं। त्यो संविधानमा पछि परेको वर्गलाई हामी अघि ल्याउनुपर्छ। हामी एकतावद्ध गर्दैछौं।

संविधानसभाले छिटै संविधान दिँदैछ भन्ने सन्देश दिनुपर्छ।

(संविधानको विधेयकमाथि संविधान सभामा भएको छलफलमा आइतबार कृष्णप्रसाद सिटौलाले दिएको मन्तव्यको सम्पादित अंश।)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget