Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

तरकारी उत्पादन गर्न युवालाई रु चौबिस लाख अनुदान

इलाम, १४ भदौ । जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत ६० जना युवालाई रु २४ लाख अनुदान दिइने भएको छ ।

बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार दिलाउने उद्देश्यका साथ तरकारीखेती व्यवसाय सञ्चालन गर्न अनुदान दिइने भएको हो ।

युवालाई आलु, अदुवा, अलँैची, इस्कुस, प्याजखेती तथा मुला, बन्दागोभी, काउलीलगायतका तरकारी व्यवसाय गर्न चाहने युवालाई रु ४० हजारको दरले अनुदान उपलब्ध गराउने भएको हो ।

अनुदानका लागि जिल्ला कषि विकास कार्यालय तथा विभिन्न कृषि सेवा केन्द्रमार्फत ७०० जनाको निवेदन परेको बागवानी विकास अधिकृत जीवन आचार्यले जानकारी दिनुभयो । अनुदानका लागि परेका निवेदनलाई आवश्यक कागजात तथा अनुगमन गरेर युवालाई छनोट गरिने उहाँले बताउनुभयो ।

छनोटमा पर्ने युवालाई चालु आवको असोजअगावै तरकारी खेतीसम्बन्धी तालिम समेत उपलब्ध गराउने बागवानी अधिकृत आचार्यले बताउनुभयो ।

आव २०७२÷७३ का लागि तरकारी विकास निर्देशनालय खुमलटारमार्फत व्यवसायिक तरकारी उत्पादन कार्यक्रमका लागि यसवर्ष रु २४ लाख रकम विनियोजन भएको हो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget