Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

देउवाद्वारा कैलाली घटनाको भत्र्सना

काठमाडौँ, ७ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भत्र्सना गर्नुुभएको छ ।

आज साँझ विज्ञप्ति जारी गरी नेता देउवाले आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमा थारु समुदायका अगुवा प्रतिनिधि र राजनीतिक दलका नेताबीच मेलमिलाप तथा सद्भाव बढाउने निर्णय भएको स्मरण गर्दै उहाँले अचानक आज आन्दोलनमा घुसपैठ भएका व्यक्तिबाट राष्ट्रसेवक कर्मचारीलाई जिउँदै जलाउने जस्ता अमानवीय र जघन्य अपराध भएको भत्र्सना गर्नुभएको छ ।

“वर्षौदेखि मिलेर बसेका थारु समुदाय एवम् पहाडी समुदायबीचमा दुस्मनी बढाउने र फुट ल्याउने सुनियोजित षड्यन्त्र घृणित, निन्दनीय र आतङ्कवादी चरित्र हो, भ्रातृत्व, सद्भाव र मेलमिलापमा फुट ल्याउने षड्यन्त्रअनुरुप भएको यसखाले घटनालाई निस्तेज पार्दै थारुका अगुवा प्रतिनिधि र राजनीतिक दलबीच भएको सद्भाव फैल्याउने निर्णयअनुरुप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारु–पहाडी समुदायलगायत सबैसँग अपिल गर्दछु”–नेता देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उहाँले सो घटनामा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget