Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

२५– म्याग्दीमा कर्मचारी युनियन र सङ्घबीच एकता

म्याग्दी, ७ भदौ । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र सङ्घबीच एकीकरण भएको छ ।

यसअघि काँग्रेस निकट कर्मचारी युनियन र सङ्घ गरी दुईवटा संस्थामा विभाजित भएका थिए । देशव्यापी एकीकरण भएको समयमा म्याग्दीमा युनियनका अध्यक्ष ज्ञान गिरी अध्यक्ष र सङ्घका अध्यक्ष डिल्ली रेग्मी सहअध्यक्ष हुनेगरी एकीकरणको घोषणा गरिएको हो ।

सोमबार बेनीमा आयोजित एकीकरण घोषणा कार्यक्रमा बोल्दै सभासद् एवम् नेपाली काँग्रेस म्याग्दीका सभापति रेशम बानियाँले कर्मचारीलाई केन्द्रबाटै एकीकरणको नीति लिएको हुनाले देशव्यापी रुपमा युनियन र सङ्घको एकीकरण गर्न लागिएको बताउनुभयो । उहाँले एकीकरणपश्चात् एकजुट भएर सङ्गठनलाई अघि बढाउन निर्देशनसमेत दिनुभएको थियो ।



कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिवद्वय माधव रेग्मी, क्या मीनबहादुर कार्की, सहसचिव अजयमिलन श्रेष्ठ, महासमिति सदस्य नेत्र महत, टे«ड युनियन म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी, बेनी नगरपालिका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget