Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हसन्दह खुला दिशामुक्त गाविस

गोपाल काफ्ले, पथरी, साउन २८ । मोरङको हसन्दह गाविस पूर्णरूपमा खुला दिशामुक्त गाविस घोषणा भएको छ। जताततै मानिस र पशुको दिसाले दुर्गन्ध, नाक नथुनी हिड्नै नसकिने हसन्दहका मुसहर बस्ती यतिखेर ‘खुला दिसामुक्त' भएपछि बस्तीको रूप फेरिएको छ।
पहिले र अहिलेको अवस्था तुलना गर्दै हसन्दह –१ की मकिना खातुन भन्छिन्–‘पहिले टट्टी बस्ने गरेको बाँसघारीमुनि त अहिले दिनभरि मान्छेहरू शीतल तापेर पो बस्छन्।’
हरियो झिँगा धपाउँदै खाना खानुपर्ने मुस्लिम बस्तीमा अहिले हरियो झिँगा देख्न पाइदैन। हरेकले शौचालय सफा राखेका छन्। ट्युवेल नजिकै साबुन राखेका छन्।
झण्डै एक वर्ष अघिसम्म हसन्दह–१ खरसाङ टोलका मुस्लिम वस्तीमा फोहोर र दुर्गन्ध थियो। अहिले स्वास्थ्य सम्बन्धी चेतनाका कारण उक्त गाउ एउटा नमुना गाउँको रूपमा आएको छ। पहिले मुस्लिम टोल पुगेर फर्किएकाहरू अहिले त्यहाँ पुग्दा खरसाङ टोलको मुस्लिम बस्तीबाट केही सिक्नुपर्ने बताउँछन्।
अझ मोरङका दक्षिणी गाविसका जनतालाई शौचालय बनाउने शिक्षा दिन खरसाङ टोल पुर्‍याउनु पर्ने सुझाव दिन्छन् अगुवाहरू।
हसन्दहको मुस्लिम सुमदायमा उसबेला स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान थिएन। ‘ठूला र वयस्कहरू लोटामा पानी बोकेर बाँसघारीसम्म पुग्थे। रोगी विरामी, वृद्धवृद्धा र केटाकेटीले जहाँ दिसा लाग्यो त्यही बिसाइ दिन्थे,’ स्थानीय मयुरुन खातुनले भनिन्, ‘पाखुरे र लाठेहरू काममा गएपछि बुढाबुढी केटाकेटीले गरेको दिसामा कुकुरले रजाइँ गर्थ्यो। कहिल्यै चोखो र सफा खाना खान पाइन्नथ्यो।’
घर आँगनमै फोहोर भएपछि बर्सेनि कालाज्वर र झाडापखालाले दुःख दिन्थ्यो। ‘पेटभर खान नपाएर रोग लागेको हो भन्ठान्थ्यौं। हसन्दह बजारका हुनेखानेहरुलाई पेटभरि खान पाएकै कारण झाडापखालाले दुःख नदिएको होला भन्ने ठान्थ्यौं,’ उनले विगत सम्झिइन्।
७३ वर्षीय मकिना खातुनले बुढेसकालमा बल्ल थाहा पाइन् खुल्ला रुपमा दिसा गरेकै कारण विगतमा झाडापखाला र हैजाले दुःख दिएको रहेछ भन्ने। ‘शौचालय बनाएर टुङ्गोमा दिसा गरेको भए रोग नलाग्ने रहेछ,’ उनले भनिन्,‘पेटभरि खान नपाएकोले रोग लागेको होइन रहेछ।’
‘भदौमा झाडापखालाको महामारी चल्यो। १० दिनको बीचमा यही बस्तीमा ८ जनाले ज्यान गुमाए, महामारीले कुनै घरलाई बाँकी राखेन। उसै त गरिब त्यहीमाथि प्रत्येक घरबाट लास निस्केपछि कतिपयले काजकिरिया पनि गर्न सकेनन्,’ उनले भनिन् म पनि एक महिना लामो थला परेँ।’
पहिले शौचालयमा बस्दा दिसा नै नआउने प्रतिक्रिया दिनेहरू अहिले परम्परागत सोच र बानीले गर्दा त्यस्तो भएको रहेछ भन्न थालेका छन्र
मोहम्मद बदरुल आफू खोलाखोल्सी र बाँसघारीमा ताली बजाउँदै दिसा बसे पनि त्यसबेला आफन्त र नातेदारहरू आएर चर्पी कहाँ छ भनेर सोध्दा नाजवाफ हुनुको पीडा अत्यन्त दर्दनाक हुनेगरेको स्मरण गर्छन्।
हसन्दह गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न धेरै चुनौतीहरू खेप्नुपरेको छ। स्थानीय अभियन्ता भीमराज अधिकारीका अनुसार दलित, सीमान्तकृत, पिछडा वर्ग र मुस्लिमलाई मात्र होइन राज्यले उपल्लो वर्गमा राखेका जातिलाई समेत अभियानमा ल्याउन गाह्रो पर्‍यो।
वडा नं ५ को मुसहर वस्तीमा र वडा नं.२ को पौडेल चोकमा सशस्त्र प्रहरी लगाएर शौचालय बनाउन लगाइयो। आर्थिक अवस्था कमजोर हुने र स्वास्थ्य सम्बन्धी चेतना नभएकालाई भन्दा हुनेखाने र सचेत वर्गलाई अभियानमा ल्याउन गाह्रो भएको गाविस सचिव टेकनाथ घिमिरेले सुनाए। घिमिरेका अनुसार पौडेल चोकका भरत अधिकारीलाई प्रहरीले हात नै उठाउनु पर्‍यो। मुसहर टोलका वृद्धहरूको भत्ता रोक्नु पर्‍यो।
गत जेठ २६ गते हसन्दह गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरेको हो। गाविस खुल्ला दिसामुक्त घोषणा भए पनि वडा नं ५ का मुसहरहरूले मैदानमा दिसा गर्न छोडेका छैनन्।
खरसाङ टोल र मुसहर बस्ती कै कारण हसन्दहको खुला दिसामुक्त अभियान बदनाम होला कि भन्ने डर स्थानीय अगुवाहरूलाई थियो। खरसाङ टोलका वासिन्दाले अभियान सफल पार्न जुन तत्परता देखाए त्यसबाट गाविस परिवार खुसी छ। तर, मुसहर वस्तीमा भने गाविस र भीवाससीसीलाई ढाँटेर अझै पनि खुल्ला ठाउँमा दिसा गर्न छोडेका छैनन्।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget