Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

इलाममा एकसय सड्चालीस सम्बन्धविच्छेदका घटना

इलाम, २९ साउन । वैदेशिक रोजगार, अन्तरजातीय र कम उमेरमा गरिएका विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ ।

जिल्ला अदालतका अनुसार आव २०६९÷०७० मा ८५ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएकामा दुई वर्षपछि अर्थात् आव २०७१÷०७२ मा त्यो सङ्ख्या झन्डै दोब्बरले वृद्धि हुन गई १४७ पुगेको छ ।

आव २०७०÷०७१ मा ९८ वटा मुद्दा दर्ता भएको थियो । गत आवमा दर्ता भएका सम्बन्धविच्छेदका घटनामध्ये ११४ वटाको फैसला भइसकेको छ । सम्बन्धविच्छेद गर्ने १६ देखि ४५ वर्ष उमेर समूहका बढी रहेको अदालतले जनाएको छ । विवाह भएको एक वर्षदेखि ८÷१० वर्षसम्ममा अदालतमा घटना दर्ता हुने गरेका छन् ।

विवाहपश्चात् वैदेशिक रोजगारमा गएपछि श्रीमान् श्रीमतीबीच अविश्वास बढ्दै गएर सम्बन्धविच्छेदसम्म पुग्ने गरेको छ । श्रीमान्ले विदेशबाट पठाएको सम्पत्ति लिएर श्रीमतीले दोस्रो विवाह गर्ने तथा श्रीमान् फर्किएर दोस्रो विवाह गर्न बाध्य भएपछि अदालतमा पुगेर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

सम्बन्धविच्छेदको अर्को कारण अन्तरजातीय विवाह र कम उमेरमा विवाह गर्नु पनि देखिएको छ । अन्तरजातीय विवाह गरेपश्चात् केही समय श्रीमान् श्रीमतीको सम्बन्ध प्रगाढ बनेपनि त्यो लामो समय नटिक्नु, केही समयपछि परिवार र समाजबाट तिरस्कृत हुँदै जानु तथा कम उमेरमा विवाह गर्नुले सम्बन्धविच्छेदका घटना बढेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो ।

सम्बन्धविच्छेदपछि त्यसको असर बालबालिकामा पर्ने गरेको छ । बाबुआमा अलगअलग भएपछि ती बालबालिकाको भविष्य अन्योलमा पर्ने गरेकोसमेत श्रेस्तेदार भट्टराई बताउनुहुन्छ ।

कानुनमा १६ वर्षमुनिका बालबालिका भए आमाले पाल्ने र बाबुले खर्च व्यहोर्ने भनिएको छ, तर मातृवात्सल्य र अभिभावकत्वको अभाव देखिएको छ, श्रेस्तेदार भट्टराईले भन्नुभयो, “बाबुआमाको माया, ममता र साथ नपाएका बालबालिका बरालिएर हिँड्ने गर्दा भविष्यनै अन्योलमा परेका धेरै छन् ।” अदालतमा पर्ने महिला सम्बन्धिका मुद्दामध्ये ६० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदकै हुने जनाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget