Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

गैरकानुनि रुपमा बोर्डिङ सञ्चालन– २ ओटा बोर्डिङको एउटै भवन,एउटै शिक्षक

पवन अधिकारी
इटहरी २४ साउन । सुनसरीको इटहरी १० खनारमा रहेको एक बिद्यालय मापदण्ड बिपरित सञ्चालनमा आएको भेटिएको छ । एउटै भवनमा इटहरी आवासिय मावि र प्रेरणा एकेडमी नामक विद्यालय सञ्चालन गदै आएको हो । धरान–बिराटनगर राजमार्गको सडक छेउमै एउटै बोर्डमा दुइ ओटा बिद्यालयको नाम राखेर भवनमा सञ्चालन हुदै आएपनि नियमनकारी निकाय मौन बसेको समेत देखिएको छ । फरक–फरक नाम राखेर एउटै भवनमा कक्षा सञ्चालन गर्दे आएको बिद्यालयको कक्षा ५ सम्म प्रेरणा एकेडमीका नाममा दर्ता रहेको छ । यसैगरि ९ र १० कक्षाको भने इटहरी आवसिय माविका नाममा दर्ता रहेको स्रोतले बताएको छ । ६ देखि ८ सम्मका कक्षाहरुको भने दर्ता बिनानै अबैधानिक रुपमा सञ्चाालन गरिरहेको जनाइएको छ । DSC01562
कक्षा ८ को जिल्ला स्तरीय परीक्षा अरु नै विद्यालयमा गराउँने गरेको भन्दै इटहरी १० का स्थानिय गोपालप्रसाद दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यलय इटहरीमा उजुरी हालेका छन । अख्तियारको क्षेत्राधिकार भन्दा बाहिर भएको घटना भएपनि नियमनकारी निकाय मौन बसेपछि बाध्य भएर अख्तियारमा उजुरी हालेको स्रोतले बताएको छ । जिल्ला शिक्षा कार्यलयका जिल्ला शिक्षा अधिकारी रुद« दुलालको ढाडो निर्देषनमा उक्त बिद्यालय गैरकानुनि ढङगबाट सञ्चालनमा आएको स्रोतको भनाइ छ । बिद्यालय कमला दुलाल लगायत ३ जनाको नाममा दर्ता भएपनि सो बिद्यालयलाइ गैरकानुनि रुपमा पाथिभरा इङलिस स्कुलका सञ्चालक नारायण दुलालले भित्रि रुपमा सञ्चालन गरिरहेको बताइएको छ ।

]तर यता दुलालले भने बिद्यालयमा आफनो कुनै संलग्नता नभएको जिकिर गरेका छन । उनले आफु पाथिभरा इङलिस स्कुल सञ्चालन गरिरहेको बताए । यति सम्मकी सो बिद्यालयहरुमा पढाउनै शिक्षकहरु समेत एकै छन भने प्रिन्सिपल समेत एकै जना रहेका छन । बिद्यालयका प्रिन्सिपल गुरुप्रसाद सिग्देल दुवै विद्यालयको स्विकृती लिएरनै सञ्चालन गरेको दाबि गरेका छन । प्रिन्सिपल सिग्देलले भने विद्यालय माथी लागेको आरोप स्वीकार गदै भने आफुहरु स्कुल मर्चको प्रक्रियामा रहेको वताए । म दुईवटै विद्यालयको प्रिन्सिपल हुँ ,हामी विद्यालयलाई छिट्टै मर्च गर्ने तयारीमा छौ । यता प्याबसन सुनसरीका सचिब जिबप्रशाद गुरागाइले बिद्यालयहरु पान पसलझै सञ्चालनमा आएको स्विकार गरेका छन । उनले सो बिद्यालय गलत ढङगबाट सञ्चालनमा आएको भएपनि प्याबसनले केहि गर्न नसक्ने तर्क दिए । उनले जिल्ला शिक्षा कार्यलयले अनुगमन गरि बिद्यालयलाइ कार्वाहि गर्नुपर्ने समेत बताए । प्रेरणा एकेडेमी यस अघि सुनसरीको पकलीमा रहेको सञ्चालन गरिदै आएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget