Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हात्तीको आक्रमणमा परी एकको मृत्यु

पर्सा, २६ साउन । जङ्गली हात्तीको आक्रमणमा परी पर्सामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

पर्साको निर्मलवस्ती गाविसमा आज बिहान ३ः३० बजे हात्तीले आक्रमण गर्दा गाविस वडा नम्बर ५ निवासी ५० वर्षीय जरी पाख्रिनको मृत्यु भएको हो ।

घरमा सुतिरहेकै बेला बिहान हात्ती आएको हल्ला सुनेर घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले पाख्रिनलाई उनकै आँगनमा कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरी सोमबार बिहान पनि पर्साको शङ्कर सरैया गाविसमा पर्ने सुकीभार जङ्गलमा हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । जङ्गली हात्तीको आक्रमणबाट शङ्कर सरैया गाविसको हरैया टोल निवासी ३७ वर्षीय एनादास थारु, उनका छोरी १५ वर्षीया सुनन्दाकुमारी र १७ वर्षीया मान्साकुमारी घाइते भएका हुन् । घाइतेमध्ये थारुको अवस्था गम्भीर रहेकाले उनको वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोनवर्षा गाविसको रामभौरीभाथामा लागेको साउने मेला हेर्न सोमबार बिहान मोटरसाइकलमा आफ्ना दुवै छोरीसँग जाँदै गरेका थारुलाई सुकीभार जङ्गलमा हात्तीले आक्रमण गरेको हो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget