Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुर्खेतमा प्रहरीको गोली लागेर एकको मृत्यु

सुर्खेत, साउन २५।सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको गोली लागेर एक प्रदर्शनरकारीको ज्यान गएको छ ।

कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न पुगेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतमको ज्यान गएको हो ।

प्रहरी हानेको गोली टाउकोमा लागेपछि ढलेका गौतमलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गएको हो ।

प्रहरीको गोली लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । जसमा ४ जनाको छातीमा गोली लागेको छ ।

सुर्खेत प्रहरी प्रमुखको गाडीमा जलाइयो
आन्दोलन उग्र भएपछि स्थानीय प्रशासनले लगाएको कफ्र्यूकाबीच प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाइदिएका छन् ।

जिल्ला प्रशासनले लगाएको कफ्र्यूमा पनि करिब ३ हजार प्रदर्शनकारी अझै सडकमा रहेका छन्  । प्रदर्शनरकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेस सह–महामन्त्री खड्काको घर अझै पनि घेराउ गरिरहेका छन् ।

मध्यपश्चिम टुक्रयाएर सुदूरपश्चिममा गाभेको विरोधमा सुरु भएको सुर्खेतको आन्दोलन भड्किएपछि प्रशासनले साँझ सम्मका लागि कर्फ्यू लगाएको छ ।

पूर्वघोषित सुर्खेत बन्दका कारण आज विहानै देखि बजार बन्द थियो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget