Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बन्दका नाममा व्यापारीको कालोबजारी बढ्यो

गाईघाट (उदयपुर), ९ भदौ । बन्दको मौका छोपेर सदरमुकाम गाईघाटका व्यापारीले व्यापक कालोबजारी गर्न थालेका छन् ।

बन्दको बहानामा विभिन्न उपभोग्य वस्तुको अभाव देखाउँदै स्थानीय व्यापारीले वस्तुको मूल्य दुई हप्ताअघिको भन्दा तेब्बरले वृद्धि गरेका छन् ।

व्यापारीको कालोबजारीका कारण अहिले सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरक्षेत्रका उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरुको गुनासो छ । डेढ हप्ताअघिसम्म रु ५० प्रतिकिलोमा पाइने प्याज अहिले रु १५० देखि रु २०० मा बिक्री गर्न थालेको स्थानीय गङ्गा राईले बताउनुभयो ।

यस्तै सब्जी व्यापारीले प्रतिकिलो रु ४० सम्मपर्ने आलु अहिले रु १०० पर्ने गरेको छ । यस्तै बन्दको कारण भनेर व्यापारीले वस्तुको अभाव देखाउँदै चिनी, दाल, तेललगायतका वस्तुको मूल्यमा भारी वृद्धि गर्न थालेका छन् । अहिले गाईघाट क्षेत्रका आम उपभोक्ता मारमा परेको त्रियुगा नगरपालिका–४का स्थानीय ममता थापा बताउनुहुन्छ ।

यता स्थानीय पेट्रोल पम्पमा पेट्रोल, डिजेललगायतका इन्धनयुक्त वस्तुको अभाव हुन थालेपछि व्यापारीले कालोबजारी गरेर रु १०७ प्रतिलिटर पर्ने पेट्रोल रु २५० देखि रु ३०० मा बिक्री गरेर उपभोक्तालाई ठग्न थालेका छन् ।

“बन्दका नाममा व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाडै सेक्न थाले, पेट्रोलपम्पमा पहिलेको मूल्यमा डिजेल पेट्रोल पाइँदैन तर मूल्य बढी तिरे सुटुक्क तेल मागे रु ३०० प्रतिलिटर पेट्रोल पाइन्छ” स्थानीय कुमार कार्कीले भन्नुभयो ।

अहिले बन्दका नाममा सब्जी व्यापारी, खुद्रा व्यापारीदेखि पेट्रोल पम्प सञ्चालकलेसमेत कालोबजारी गरेर व्यापक उपभोक्ता ठग्न थालेको गुनासो बढ्दै जान थालेको छ ।

यसरी दैनिक उपभोग्य वस्तुको मूल्य बढेसँगै होटलमा खाना नास्ताको पनि मूल्य व्यापक वृद्धि हुन थालेको छ । उद्योग वाणिज्य सङ्घ तथा स्थानीय प्रशासनिक निकायले बजार अनुगमन नगर्दा व्यापारीको कालोबजारी बढ्दै गएको गुनासो स्थानीय उपभोक्ताको रहेको छ ।

त्रियुगा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष भरत राईले मूल्य वृद्धिबारे अनुगमन गरिने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget