Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बैंककमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम

काठमान्डौ, ९ भदौ । मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र बंैककस्थित नेपाली दूतावासद्वारा मङ्गलबार ‘नेपाल सुरक्षित छ, भ्रमण गर्नोस्, मनोरञ्जन लिनोस् र नेपाललाई सहयोग गर्नोस्’ कार्यक्रम आयोजना गरियो ।

थाई परराष्ट्र मन्त्रालय, नेपाल वायु सेवा निगम, थाई एयरवेज इन्टरनेसनल, थाइल्यान्डबाट अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन एवम् पर्यटन उद्योग सञ्चालनमा संलग्न कम्पनीका प्रतिनिधि, ट्राभल म्यागेजिन, राष्ट्रिय पत्रपत्रिका र टेलिभिजन पत्रकारहरुको सहभागितामा भएको उक्त कार्यक्रममा नेपालका पर्यटकीय गन्तव्यहरु सुरक्षित रहेको जानकारी दिँदै ढुक्क भएर नेपाल भ्रमण गर्न आग्रह गरिएको बैंककस्थित नेपाली दूतावासले आज जनाएको छ ।

त्यस अवसरमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपाल–थाइल्यान्ड सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पारेको बताउनुभयो ।

उक्त दूतावासका अनुसार कार्यक्रममा लुम्बिनी, सगरमाथा, जनकपुरको जानकी मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथलगायत धार्मिक एवम् अन्य पर्यटकीय गन्तव्यका प्रसिद्ध स्थानका तस्बिरसहित विविध प्रवद्र्धनात्मक सामग्री राखिएका थिए ।

कार्यक्रमका सहभागीले नेपालको पर्यटन प्रवद्र्धनका ती सामग्री अभिरुचीपूर्वक अवलोकन गरेका तथा पर्यटन व्यवसायीले पनि नेपाल यात्राका निम्ति ग्राहकलाई अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget