Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हिन्दूधर्म सापेक्ष मुलुक बनाउन खोजिएको आरोप

इलाम, २७ साउन । हिन्दूधर्म सापेक्ष मुलुक बनाउने षडयन्त्र सुरु भएको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् आन्दोलित भएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ ले निर्दिष्ट गरेका पूर्ण समानुपातिक, धर्म निरपेक्षता, पहिचानसहितको सङ्घीयतालाई सम्बोधन नगरी नेपालको संविधान २०७२ ल्याउन खोजिएको भन्दै परिषद्ले आजदेखि जिल्लाव्यापी आन्दोलन सुरु गरेको हो ।

समन्वय परिषद्को बैठकले विभिन्न जातीय सङ्घसंस्था, विभिन्न राजनीतिक दलको ऐक्यबद्धतासहित राजु राईको संयोजकत्वमा २०१ सदस्यीय पहिचान र धर्म निरपेक्षता नागरिक सङ्घर्ष मूल समिति गठन गरेको छ ।

नयाँ बन्ने संविधानमा जनजाति, पिछडिएका वर्ग समुदाय, महिला, दलित उत्पीडित, मधेसी आदि समुदायले सरकारसँग विभिन्न समयमा गरिएका सम्झौता पूर्णरुपले कार्यन्वयन गर्न जोड दिँदै शनिबार शान्तिपूर्ण जनप्रदर्शन तथा बृहत् ¥याली गर्ने संयोजक राईले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget