मोरङ २६ साउन ।नयाँ सविधानमा दलितको अधिकार स्थापित गराउनु पर्ने भन्दै आज मोरङको सदरमुकाम विराटनगरमा दुई घण्टा चक्का जाम गरेको छ ।

मध्यान्न १२ बजे देखि २ बजे सम्म निर्धारित उक्त कार्यक्रम संयुक्त राजनीतिक दलित संर्घर्ष समिति दलित नागरिक समाज, मोरङले आयोजना गरेको हो । चक्का जामका कारण यातायातका सम्पुर्ण साधन ठप्प छन भने यात्रुहरु टन्टालापुर घाममा यत्रतत्र गरिरहेका छन् ।
कार्यक्रममा मोरङ जिल्ला भरका दलित अगुवाहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा दलित नेताहरुले अब बन्ने संविधानमा दलिलहरुका अधिकारलाई पुर्ण ज्ञारेण्टी गरिनुपर्ने बताएका छन् । राज्यमा दश प्रतिशत कोटा दलितलाई छुट्याउनु पर्ने माग रहेको दलित अगुवा भिमलाल गहतराजले बताउनुभयो ।
Post a Comment