Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भागवण्डामा नपरेका कार्यकर्ता जहिल्यै ओझेलमा परेका छन्-ललित अधिकारी

मोरङ कांग्रेसमा एउटा विवाद रहित छवि बनाउन सफल कार्यकर्ताको नाम हो ,ललित अधिकारी । सधैं राजनीति भन्दा माथि उठेर काम गरेपनि कांग्रेस कार्यकर्ता बीच अत्यन्तै लोकप्रिय रहनु भएका अधिकारी हाल क्षेत्र नं. ९ बाट महासमिति सदस्य हुनुहुन्छ । lalitअढाई दशक भन्दा अघि देखि कांग्रेस राजनीतिमा क्रियाशील अधिकारीले वुथ सभापति देखि महासमिति सदस्य सम्मको जिम्मेवारी सम्हालिसक्नु भएको छ। अधिकांश समय पार्टी र सामाजिक काम ब्यस्त रहने ४९ वर्षीय अधिकारीले हाल सम्म कुनै आर्थिक लाभ प्राप्त हुने पद प्राप्त गर्नु भएको छैन् । गत संविधान सभा चुनावमा कांग्रेसको समानुपातिक उम्मेद्वार बनेर जिल्लाका अरु निर्वाचन क्षेत्रको तुलनामा मोरङ ९ मा सबैभन्दा धेरै मत प्राप्त गरेर पनि सभासद बन्न नसक्नु भएका अधिकारी कांग्रेसको आगामी जिल्ला अधिवेशनमा सचिवमा उम्मेद्वारी घोषणा गरेपछि चर्चाको शिखरमा रहनु भएको छ ।  अधिकारीसँग आसन्न अधिवेशनका विषयमा गरिएको कुराकानीको सार संक्षेप

 – अचेल के मा ब्यस्त हुनुहुन्छ ?

 ब्यापार,जागिर,खेती केही ब्यावसाय छैन् । बिहान देखि बेलुका सम्म साथीभाइ,इष्टमित्र सँग सामाजिक एवं राजनीतिक विकासका विषयमा छलफल ग¥यो । पार्टी र समाजिक संघ ,संस्थाका कार्यक्रममा सहभागी भयो । अझ नेपाली कांग्रेसले गाउँ अधिवेशन  देखि केन्द्रीय महाधिवेशन सम्मको घोषणा गरेपछि राजनीतिक भेटघाट र चियागफहरू अलि बढी नै भइरहेको छन् ।

– लामो समय देखि पार्टीमा क्रियाशील हुनुहुन्छ ? कुन पदको दाबी गरिरहनु भएको छ?

विगतमा पार्टी संगठनको काम गर्न पद जरुरी हुन्छ जस्तो कहिल्यै लागेन । २०४६ यता पार्टीको लगातार झोला बोकेर हिडेपनि कार्यकारी तहको पदमा बसेर काम गर्ने अबसर अत्यन्तै कम जु¥यो । २६ वर्ष लगातार साथीहरूसँग निकट रहेर काम गरेकैले होला आम साथी यो पटक ललित अधिकारीलाई मोरङ कांग्रेसको सचिव उठाउने र जिताउने भनिरहेका छन् । पार्टीका साथीहरू कै अनुरोधमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।

– विराटनगर बाहिरका नेतालाई सचिव पद देलान र ?

 अब समय पहिलेको जस्तो छैन् । सुचना र प्रविधिले संसारलाई साँघुरो पारिरहेको बेला अब पनि क्षेत्रीयता र भूगोलका कुरा गरेर कोही माथि निषेधको राजनीति गरिनु हुँदैन् । क्षमता र योग्यता भएको ब्यक्तिलाई क्षेत्रीयता र भूगोलको अंकुश लगाउनु हुँदैन् । हिजो सूचना र प्रविधि नभएको बेला पनि त मोरङ कांग्रेसको सचिव विराटनगर बाहिरका थिए भन्ने कुरा भूल्न हुँदैन् । अर्को कुरा पार्टीको जिम्मेवारी पाउन गाह्रो हो तर पाएपछि पालमा बसेर पनि पार्टी हाक्न सकिन्छ ।  सिंहदरवार त पालमा बसेर सञ्चालन भयो भने मोरङ कांग्रेस चल्दैन भन्ने होइन । फेरि महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीको जिम्मेवारी विराटनगर बाहिर दिनु हुँदैन् भन्ने सोच पनि अन्त्य गर्न जरुरी छ ।

– सचिव हुन त केन्द्रीय नेताको आर्शिवाद पनि त चाहिएला नि ?तपाई ६० कि ४० ?

१२ औं महाधिवेशनलाई हामीले एकताको महाधिवेशन भनेका थियौं । तर,१३ औं महाधिवेशन सम्म आइपुग्दा पनि पार्टीमा ६० र ४० प्रतिशतको संस्कार हटेको छैन् । भागवण्डाको यो राजनीतिले पार्टीलाई पटक्कै फाइदा भएको छैन् । नेताहरूले पनि  बेफाइदा भएको बुझेका छन् । जहिल्यै भागवण्डामा पर्ने नेताहरूको भजन मण्डलीबाट पार्टी सभापति र वरिष्ठ नेता बाहिर निस्कन नसकेको अवस्था छ ।  ६० र ४० को भागवण्डामा नपरेका कार्यकर्ता जहिल्यै ओझेलमा परेका छन् ।विचार र पार्टीको भावी कार्यदिशा तय गर्ने क्षमता भएका अधिकांश नेता कार्यकर्ताहरू अहिले पनि वालुवाटार र बुढानीलकण्ठ धाउँदैनन् । यो पार्टीको संस्थागत विकासका लागि दुर्भाग्य हो । बिहान वालुवाटार पुगेर भजन गाउने ,अनि साँझमा बुढानीलकण्ठ गएर   चाकडी गर्नेहरू कै कारण पार्टी एकता असम्भव भएको हो ।

– अलि प्रष्ट भएन ,तपाई चाँही वालुवाटार धाउनु हुन्छ कि ,बुढानीलकण्ठ ? भन्न खोजेको । 

मैले बुझें । म रुखको जरामा नै सबै मिलेर पानी लगाऔं भन्ने अभियानमा छु । ६० र ४० को राजनीतिले हाँगामा पानी लगाउने संस्कारको विकास गरेको छ । एउटा विरुवा रोपेपछि पातको स्याहार चाकर गरेर हुँदैन् । मलजल गर्दा जरामा पुग्ने गरी गर्नु पर्छ । पार्टी भित्र गुट,उपगुटको राजनीति रहि रहे आगामी स्थानीय निर्वाचन कांग्रेसले जित्न सक्दैन् । त्यसैले म ६० र ४० को राजनीतिमा छैन् । म नेपाली कांग्रेस मात्र हो । चारतारे झण्डा मुनि बसेर र रुख चिन्हको पक्षमा मत माग्ने शुद्ध कार्यकर्ता ।

– कांग्रेस त ६० / ४० लाई ब्यवस्थापन गर्न वृहत बहुपदीय ब्यवस्था गर्न विधान संसोधन गर्ने तयारीमा रहेको चर्चा छ नि ? तपाईको बिचारमा बहुपदीय प्रणाली आवश्यक छ ?

कांग्रेसको नेतृत्व अहिले पनि बहुपदीय प्रणालीबाटै चलेको छ । बालुवाटार र बुढानीलकण्ठका नेताहरूलाई समेट्न  ५ जना सहायक महामन्त्री,वरिष्ठ उपसभापति,महिला उपसभापति लगायतका पद स्थापना गर्नु राम्रो होइन । पार्टी साँच्ची कै एक हुने हो भने यति धेरै पद आवश्यक पर्दैन । नेताहरूलाई ब्यवस्थापन गर्न गाह्रो भएकै कारण यो सब गर्न लागिएको हो भन्ने मेरो बुझाई छ ।पार्टीले गाउँ देखि केन्द्र सम्मको अधिवेशन एउटै समयमा गर्ने परिपाटीले धेरै समस्या भएको छ । गाउँ ,नगर र क्षेत्रमा चार वर्षे अवधि छोट्याएर दुई वर्षे बनाउँदा छिटो छिटो नेतृत्व परिवर्तन हुन्थ्यो । पार्टी चलायमान हुन्थ्यो । अर्को कुरा पार्टीमा एउटै ब्यक्ति धेरै वटा पदमा बसेको अवस्था छ, त्यस्को अन्त्य भए अरु कार्यकर्ताले अवशर पाउने थिए । पार्टीमा पनि राज्यको सरकारी नियुक्तिमा पनि भातृसंगठनमा पनि एउटै ब्यक्तिलाई अवशर दिने परिपाटी अन्त्य हुनु पर्छ ।
– देशको पुरै राजनीति मोरङ कांग्रेसको‘सेटिङ’मा हुने गरेको छ । मोरङमा पाँच जना केन्द्रीय सदस्य छन् । तपाईलाई कुनै केन्द्रीय नेताको आशिर्वाद छैन् ? 

मेरो सचिवमा उठ्ने योग्यता पुगिसेको छ । २०४६ देखि निरन्तर पार्टीमा काम गरिरहेको छु । आजका मिति सम्म आई पुग्दा पार्टीले कुनै आर्थिक लाभ हुने पद दिएको छैन् ।पार्टीको बुथ सभापति देखि गाउँ सभापति हुँदै तत्कालिन मोरङ २ को  क्षेत्रीय सभापति भइसकेको छु । दुई कार्यकाल  कांग्रेसको जिल्ला सदस्य भएर काम गरेको छु । हाल पार्टीको महासमिति सदस्यको रुपमा काम गरिरहेको छु । यो बीचमा तरुण दलमा रहेर पनि काम गरें । अरु सामाजिक संघ संस्थामा पनि निरन्तर काम गरेको अनुभव छ । २६÷२७ वर्ष सम्म पार्टीको भरिया भएर काम गरेको एउटा कार्यकर्तालाई जिल्ला सचिवमा काम गर्न यति नै काफि जस्तो लाग्छ । अझ महत्वपूर्ण कुरा आर्थिक,राजनीतिक,सामाजिक र अरु कुनै विषयमा पनि विवादमा नपरेको कांग्रेस कार्यकर्ता हुँ । न मैले चन्दा उठाएर पार्टी र सामाजिक काम गरेको छु । नत पार्टी कार्यकर्ताको काम अधियाँमा नै गरेको छु ।

– पार्टी र सामाजिक संघ संस्थालाई खुबै चन्दा दिनु भएको छ हो ?

यस विषयमा त्यति धेरै कुरा नगरौं । पार्टीलाई चन्दा दिएकै कारण मात्र मैले उम्मेद्वारी दिन खोजेको पनि होइन । तर,२०७१ मा मात्र दिएको चन्दा र सहयोगको लिष्ट हेर्दा ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको रहेछु ।

– छब्बिस ,सत्ताइस वर्ष यताको चन्दाको तथ्याङ्क तयार पार्नु भएको छ ?

छैन् । तर,यो अवधिमा गरेको चन्दा सहयोगले काठमाडौंमा एउटा राम्रो घर किन्न सक्थें होला ।

– यति धेरै चन्दा दिने पैसा कहाँबाट ल्याउनु हुन्छ । कार्यकर्ताको काम गरिदिएर,सरुवा ,बढुवा गरिदिएर ,ठेक्का पट्टा वा कसैलाई जागिर लगाई दिएर स्रोत केही त होला नि ?

 मेरो स्रोत घाम जतिक्कै छर्लङ्ग छ । म किसानको छोरो । पितृ प्रसादको रुपमा बावुले दिएको सम्पत्ति एक÷एक कठ्ठा बेच्दै त्यहि पैसा सामाजिक काममा परिचालन गरेको छु । मेरो ब्यापार छैन् ।म ठेक्का पट्टा गर्दिन । नेताले कार्यकर्तासँग पैसा असुल्ने वा जागिर लगाएर,सरुवा बढुवा गरिदिएर पैसा असुल्ने गरेको समाचारमा पढेको, सुनेको मात्र हुँ ।अब त छोरा पनि खवरदारी गर्न थालेको छ ।

 – कांग्रेसमा लागेकोले धेरै गुमाएँ, केही पाएको छैन् भन्न खोज्नु भएको हो ? 

पटक्कै होइन । घोडा चढ्ने नै लड्छ । राजनीति र सामाजिक काम छोडेर ब्यापार,ठेक्कापट्टामा लागेको गुम्ने थिएन्,प्रसस्त कमाइ हुन्थ्यो ।पिताजी पनि कांग्रेसको समर्थक हुनुहुन्थ्यो । पिताजी समर्थक भएकै कारण मलाई पनि पुराना नेता आदरणीय धनबहादुर कार्कीले कांग्रेसमा लाग्न प्रेरित गर्नुभयो ।पार्टीमा लागेर काम गरेरै कारण देशैभरि साथीभाइ बनेका छन् । सबै कुरालाई पैसासँग दाँज्नु  राम्रो होइन । तर पार्टी भित्र विचारको राजनीति भन्दा पाखुरा,तिघ्रा र पैसाको राजनीति हाबी भएकोमा चिन्ता लागेको छ ।वीपीको बिचार कल्पनाबाट जन्मेको पार्टीलाई आज बिचारलाई ओझेलमा पारेर मसल,पैसा र पाखुराबाट सञ्चालन गर्न खोजिएको छ । पार्टी नीतिबाट सञ्चालन गर्नु पर्छ भन्ने मेरो विचार हो ।

– संविधानको मस्यौदाका विषयमा तपाईको प्रतिक्रिया ?

संविधानसभा विगठन नगरिकन प्रदेशको नामाङ्कन र सीमाङ्कन तय गर्नु पर्छ । अन्यथा प्राप्त सबै उपलब्धिहरू गुम्न पनि सक्छन् ।  सबै काम टुङ्ग्याएर मात्र संविधान घोषणा गर्नु पर्छ । सीमाङ्कन र नामाङ्कनको काम थाति राख्दा राजनीतिक चलखेलको ठूलो खतरा हुने सम्भावना  देखिन्छ ।

– अन्त्यमा केही ?

आगामी भदौ १० गते पार्टीको जिल्ला अधिवेशन हुँदैछ । त्यो अधिवेशनमा मलाई सचिव पदमा मतदान गरिदिन सम्पूर्ण प्रतिनिधि साथीहरूसँग आग्रह गर्दछु । साथै मेरा नीजि बिचारहरू आम साथीहरू सम्म पु¥याई दिने यो सञ्चार संस्थालाई धन्यवाद  ।

                                                                               प्रस्तुति – हरि कोइराला 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget