प्रकृतिको संरक्षण गर्न सके मात्र मानब र अन्य जिबजन्तुको अस्तित्व रहने बन तथा भु संरक्षण मन्त्री महेश आचार्यले बताएका छन ।

मोरङको बेलबारी नगरपालिका ६ स्थित पञ्चज्योति माबिमा शनिबार आयोजित बेलबारी नगरपालिका र डाँगीहाट गाबिसमा रहेका सामुदायिक बनहरु समुुदायमा हस्तान्तरण गर्ने कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री आचार्यले सो कुरा बताएका हुन ।
मन्त्री आचार्यले नेपालमा भएका बन र चुरे संरक्षणमा हामी सबैले ध्यान दिन सके फाईदा उपभोत्ताहरुलाई नै पुग्ने बताए । पछिल्लो समय तराई क्षेत्रका बिभिन्न जिल्लामा सर्पदंशका कारण धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु परिरहेको कुरा स्मरण गर्दै चाँडै सरकारले नेपालमै सर्पदंशको उपचारका लागी औषधी उत्पादन गर्ने र बिदेशकिो भर पर्नु नपर्ने कुरा समेत उनले बताए ।

बन हस्तान्तरण कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ३ का नेपाली काग्रेसका सभाषद दिलिप गच्छदारले पनि बन र बन्यजन्तु जोगाउन सकेमात्र आफु पनि जोगिन सक्ने बताए । उनले बन हस्तान्तरण गर्नुमात्र ठुलो कुरा नभएको र त्यसको कार्यन्वयनमा समेत जोड दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले पछिल्लो समय बन क्षेत्रहरु कंक्रिट बन्दै गएको प्रति दुखेसो गरे । उनले बन क्षेत्रको संरक्षणमा लाग्न जोड समेत दिए । कार्यक्रममा बोल्ने अधिकांश बत्ताहरुले बन हस्तान्तरण गरेपछि त्यसको कार्यन्वयनमा जोड दिए ।
कार्यक्रममा जिल्ला बन कार्यलय मोरङका बन अधिकृत दिपक ज्ञवालीले कार्यक्रम बारे प्रष्टयाएका थिए । कार्यक्रममा देबीथान बन उपभोत्ता समुहका प्रथम अध्यक्ष बाबुराम राई उपभोत्ता परिचालनमा बिशेष भुमिका खेल्ने इन्दिरा कार्की,सृजना सामुदायिक बन डाँगीहाट ४ का राजेन्द्र खवास अमना सिसौलीका बासुदेब राई,कुमारी गुरुङ,चिरञ्जीबि बराल लगायतलाई बन संरक्षणमा खेलेको भुमिकाको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा अमना सिसौली सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष लिला आचार्य महिलाको तर्फबाट इन्दिरा भटट्राई लगायतले मन्तब्य राखेका थिए ।बिभिन्न जातजातिका झाँकी,नृत्य,पञ्चेबाजा,र पञ्चकन्या सहित शुरु भएको कार्यक्रममा बेलबारी नगरपालिकामा रहेका अमना सिसौली,देबीथान,बेतना सिमसार र डाँगीहाट ४ मा रहेको सृजना सामुदायिक बन उपभोत्ता समुहलाई बन तथा भुसंरक्षण मन्त्री आचार्यले प्रमाणपत्र प्रदान गर्दै समुदायमा हस्तान्तरण गरेका छन ।
यसैबिच जिल्ला वन कार्यालय झापाले जिल्लाका ६ वटा सामुदायिक वन समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारको वन संरक्षण नीतिअन्तर्गत न्यूनतम मापदण्ड पुगेका सामुदायिक वन समूह समुदायलाई हस्तान्तरण गरिएको जिल्ला वन कार्यालय झापाका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिए ।
उनका अनुसार पृथ्वीनगर–३ मा रहेको विशाल, जलथलमा रहेको हरियाली, पथरियामा रहेको त्रिवेणी, अभिमुत्तेश्वर, दुर्गाभिट्टा र जलथलमा रहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । योसँगै झापामा हस्तान्तरण भएका सामुदायिक वन समूहको सङख्या ४८ पुगेको छ भने अझै ११ वटा सामुदायिक वन हस्तान्तरणको प्रक्रियामा छन् ।
Post a Comment