- सुजाता कोइराला, कांग्रेस नेतृ
म विराटनगर कोइराला निवासमा जन्मेकी हुँ । हाम्रो परिवारले खेतीपाती गथ्र्यो । मलाई याद छ, हाम्री हजुरआमाले तरकारी लगाउनुहुन्थ्यो । गाईभैंसी, कुखुरा पाल्नुहुन्थ्यो । हाम्रो परिवारको गुजाराको बाटो खेतीपाती नै थियो– बुवा, ठुल्बुवा जेल हुँदा पनि ।
हामीले घरमै उब्जेको तरकारी, गेडागुडी, चामल, तोरीको तेल खान्थ्यौँ । मेरो हजुरबुवा फलफूल लगाउन सौखिन हुनुहुन्थ्यो । आँप, कागती, भोगटे, सीताफल, थरीथरीका अमला आदि घरकै जमिनमा हुन्थ्यो । हामीलाई घरकै उब्जनीले पुग्थ्यो । चिनी पनि हाम्रै उखुबाट हुन्थ्यो । सानोमा केही पनि किनेर खाएको मलाई याद छैन । म सानी हुँदा हाम्रो परिवारको गुजारा खेतीपातीबाटै चलेको थियो । अहिले पनि अलिअलि खेती मेरो पनि छ । कति जमिन त मैले राजनीतिमा लागेपछि बेचें ।

अहिले पनि मैले अर्गानिक खेती गरेकी छु । हप्ता–हप्तामा मलाई अग्र्यानिक उब्जनी पठाइदिन्छन् । सानोमा पनि म अग्र्यानिक खाना खाएरै हुर्केकी हुँ । उतिबेला त अहिलेजस्तो मल–विषादि मिसाउने भन्ने हुँदैनथ्यो । अहिले तरकारीमा विषादि हालिएको पढ्दा, सुन्दा डर लाग्छ ।
विराटनगरमा अग्र्यानिकसँगै फूलहरू पनि रोपेकी छु । यसले पनि मेरो गुजारामा सहयोग पर्याएको छ । मेरा छोराछोरीले काम गर्छन्, मलाई सघाएका छन् । अहिले गुजारामा त्यति गाह्रो छैन । म मन्त्री पनि भएँ ।
अहिले सभासदको तलब–भत्ता बुझ्छु । मान्छेहरू भन्दा रहेछन्, मसँग धेरै बैंक ब्यालेन्स छ । तर, मान्छेहरूले सोचे जस्तो मसँग पैसा छैन । मेरो बुवाको छवि सबैलाई थाहा छँदै छ, उहाँले कुनै भ्रष्टाचार गर्नुभएन । बरु गिरिजाबाबुको छोरी भनेर मेरो छवि बिगार्न खोजियो । मैले कुनै भ्रष्टाचार गरेकी छैन । म साधारण महिला हुँ । मलाई अहिले त्यति धेरै पैसाको आवश्यकता पनि छैन । छोराछोरीको विवाह भइसक्यो, सबै सम्पन्न छन् । मेरो गुजारा साधारण ढंगले चलेको छ । मैले आफ्ना लागि मात्रै सोच्दिनँ, अरुका लागि सोच्छु । मलाई कुनै सम्पत्ति जोड्नु छैन । मैले यही राजनीति गर्ने हो र राजनीतिबाटै अरुको सेवा गर्ने हो ।
राजनीति मेरो रगतमै थियो । जन्मेदेखि नै परिवारले राजनीतिक संघर्ष गरेको देखें । बुवा, ठूल्बुवाहरू जेल गएको देखें । मेरी आमाको पनि अल्पायुमै निधन भयो । बुवा जेलबाट छुट्नेबित्तिकै आमाको निधन भयो । घरमा आमाबुवा सँगै भएको त्यति धेरै देख्न पाइनँ । राजनीतिक पीडा भनौं मैले सानैदेखि महसुस गरें । घरमा प्रजातन्त्रको बारेमा कुराकानी भइरहन्थ्यो । मुलुकमा विकास हुन, जनताले सुख पाउन, गरिब जनता गरिबीबाट मुक्त हुन प्रजातन्त्र आउनुपर्छ भनेको सुन्थें । यस्ता कुरा केटाकेटीदेखि नै मेरो मन–मस्तिष्कमा परेको थियो ।
अहिले सभासदको तलब–भत्ता बुझ्छु । मान्छेहरू भन्दा रहेछन्, मसँग धेरै बैंक ब्यालेन्स छ । तर, मान्छेहरूले सोचे जस्तो मसँग पैसा छैन ।
बुवाहरूले प्रजातन्त्रकै आवाज उठाउँदा हाम्रो परिवार निर्वासनमा भारत गएर बस्नुपर्यो । त्यतिबेला कम्युनिस्ट नेताहरूको कुरा सुन्न पनि पाएँ । धेरै कम्युनिस्टका नेताहरूसँग भेटघाट हुन्थ्यो । जस्तो, पुष्पलाल, मनमोहनदाजुहरूले पनि एकदमै स्ट्रगल गर्नुभएको हो । मैले केटाकेटीमा देखेकी हुँ । पुष्पलाललाई बिपीले असाध्यै मान्नुहुन्थ्यो । बिपीले बनारसमा हामीलाई भन्नुहुन्थ्यो, ‘कम्युनिस्टका साथीभाइले कति दुःख गरेर यहाँ बसेका छन्, तिमीहरूले गएर हेर, उनीहरूसँग खाने पैसा छैन, पुष्पलाल बिरामी छन्, धेरै दुःख गरेका छन्, उनीहरूबाट हामी कांग्रेसहरूले पनि सिक्नुपर्छ ।’ बिपीले मलाई, हामी धेरैलाई यही भन्नुभएको थियो– पुष्पलाल जस्ता पढे–लेखेका विद्वानले देश र जनताका लागि दुःख गरेर बसेका छन्, कसैले मतलब राख्दैन ।
यस्ता कुराले मलाई धेरै प्रभाव पार्यो । परिवार नै प्रजातान्त्रिक आन्दोलनमा भएकाले थाहै नपाई राजनीतिमा लागें । म राजनीतिमा लाग्छु भनेर लागेकी होइन । हुर्कंदै म राजनीतिमा हुर्किंएँ ।
०४६ सालको आन्दोलनमा म श्रीलंकामा थिएँ । मेरो श्रीमान पनि श्रीलंकामा हुनुहुन्थ्यो । आन्दोलनको प्रचारप्रसारमा मेरो ठूलो भूमिका रह्यो । धेरैलाई थाहा नहोला, भारतीय पत्रपत्रिकाले मेरोबारे धेरै लेखेका थिए । मेरो अन्तर्वार्ता छापेका थिए । बाहिर बसेर मैले आन्दोलनको वातावरण बनाएकी थिएँ, अभियान चलाएकी थिएँ, सबै कुरा भारतीय पत्रिकाले दिएका थिए । ०४६ सालमा गाह्रो अवस्था थियो । इन्टरनेट थिएन । टेलिफोनको त्यति सुविधा थिएन । आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु सानो कुरा थिएन । तर, मेरो विदेशी पत्रकारहरूसँग सम्पर्क थियो । मैले आन्दोलनबारेका समाचार पत्रकारहरूलाई दिन्थें ।

आन्दोलनका बेला सानोबुवा, गिरिजाबाबुलाई मैले सानोबुवा भन्थें, उहाँले अति ने खुसी भएर टेलिफोनबाट भनेको सम्झन्छु, ‘अब प्रजातन्त्र आउँछ, हामीले ल्याउँछौँ ।’ यत्तिभन्दा नभन्दै टेलिफोन लाइन काटियो । त्यो बेला मेरो कजन ज्योति कोइराला, अहिले बौद्धमा बस्नुहुन्छ, उहाँसँग पनि मेरो टेलिफोनमा कुरा हुन्थ्यो । उहाँसँग फोनमा कुरा हुँदा मैले बम पड्ेको, गोलीको आवाज सुन्थें । मैले टेलिफोनबाट आन्दोलनको अवस्था बुझेर विदेशी पत्रकारलाई दिन्थें ।
यहीबीचमा म जर्मनी गएँ । मलाई एक्टिभ पोलिटिक्समा भन्दा बढी सोसल वर्कमा इन्ट्रेस थियो । जर्मनीबाट फर्कंदा नेपालीको अवस्था देखेर निकै माया लाग्थ्यो । बाहिर बसेर आएपछि देशको माया स्वाभाविक रुपमा बढी लाग्छ । यहाँ बसेपछि दुःखको आदत हुँदो रैछ । सबैको दुःख देख्दादेख्दा बानी हुँदो रैछ । पञ्चायतकै बेला थियो, मैले जर्मनीबाट फर्केर विराटनगरमा सोसल वर्क गर्छु भनेँ, सबै हाँसे । भन्न थाले– मर्न लागेको मान्छेलाई रगत दिउँ भन्दा त कांग्रेसी भनेर अस्पतालले लिँदैन, डराउँछ । कसरी तिमीले सोसल वर्क गछ्यौ ?
मैले केही गर्ने अवसर पाएँ र आमाको नाममा सुष्मा कोइराला ट्रस्ट खोलें । म १३–१४ वर्षकी हुँदा दुर्घटनावश जलेर मेरी आमाको मृत्यु भएको हो । मलाई आमाको महत्व र अभाव महसुस भइरहन्थ्यो । आमाको नाममा केही गरौं भन्ने लागिरहन्थ्यो । सुष्मा कोइराला ट्रस्टबाट समाज सेवा गर्ने क्रममा म विभिन्न गाउँहरू घुमेँ ।
त्यसपछि बहुदल आयो । मैले केही गर्ने अवसर पाएँ र आमाको नाममा सुष्मा कोइराला ट्रस्ट खोलें । म १३–१४ वर्षकी हुँदा दुर्घटनावश जलेर मेरी आमाको मृत्यु भएको हो । मलाई आमाको महत्व र अभाव महसुस भइरहन्थ्यो । आमाको नाममा केही गरौं भन्ने लागिरहन्थ्यो । सुष्मा कोइराला ट्रस्टबाट समाज सेवा गर्ने क्रममा म विभिन्न गाउँहरू घुमेँ । मैले गाउँघरका दुःखलाई थप बुझ्ने अवसर पाएँ । म समाजसेवाको उद्देश्यले घुमेकी थिएँ, तर मान्छेहरूले सुजाताले राजनीति गर्न गाउँगाउँ जान थाली पनि भने । म जुन–जुन गाउँमा समाजसेवाको उद्देश्यले गएँ, त्यहाँका हाम्रै पार्टीका मान्छेले पनि राजनीति गर्न आई भनेर मेरो विरोध गरे, मलाई लखेटे ।
म अलि नरम स्वभावकी नारी हुँ । तर, आफूले आफ्नै सुरक्षा गर्नुपर्ने परिस्थिति बनिरह्यो । यसैले अहिले मेरो स्वभाव केही कडा भएको छ । आफ्नो रक्षा गर्दागर्दै म अहिले यति बलियो मनकी भएकी छु, मलाई केही कुराको पनि डर लाग्दैन । जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छु भन्ने लाग्छ ।
बुवा गिरिजाबाबुको निधनपछि पनि मैले धेरै कठिनाई सामना गर्नुपर्यो । धेरैले भन्थे– गिरिजाबाबु नभएपछि सुजाता सिद्धिन्छे, बाबुको नामले त टिकेकी हो भनेर । तर, म अहिले पनि टिकिरहेकी छु, आफ्नै खुट्टामा उभिएकी छु । अझ पहिलेभन्दा अहिले स्वतन्त्र भएर बोल्न र काम गर्न पाएकी छु । आफ्नो विचार राख्न पाएकी छु । पहिले गिरिजाबाबु हुँदा मलाई स्वाभाविक रुपमा पनि केही बन्देज थिए । किनभने, बुवाको व्यक्तित्वमा असर पर्छ कि भनेर मैले सोच्नुपथ्र्यो । मान्छेहरूले भन्न सक्थे, बाबुको आडमा बोली, गरी भनेर । त्यसैले कतिपय अवस्थामा म पछि पनि हट्नु पनि पथ्र्यो । तर, अहिले म स्वतन्त्र छु ।
अहिले इन्टरनेसनल कनेक्सन पनि राम्रो बनाएकी छु । आइक्याप, इन्टरनेसनल कन्फेरेन्स अफ एसियन पोल्टिकल पार्टिजमा छु । महिला मुद्दासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मलाई अहिले धेरै ठाउँबाट निमन्त्रणा आउँछ, आइरहेको छ । म थुप्रै विकसित मुलुक घुमेकी छु । त्यहाँको विकासले मलाई लोभ्याएको छ । विभिन्न देशको विकास देखेकाले नेपाललाई पनि एउटा विकसित मुलुक बनाउने मेरो सपना छ ।
Post a Comment