Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लोकमानज्यू, अब मुख खोल्ने बेला भयो कि ?


 काठमाडौं , असार १९

-निगम हुमागाईँ

nigam humagainलोकमानसिंह कार्कीज्यूको अख्तियार प्रमुखमा नियुक्तिसंगै अख्तियारको सक्रिय गतिबिधि तथा  कामकारबाहीहरुले भ्रष्टाचार निवारण तथा राष्ट्रनिर्माणको क्षेत्रमा जनताले धेरै ठुलो आशा, भरोशा र विश्वास राखेका छन् | हालसम्म अख्तियारले शिक्षा ,स्वास्थ लगायत बिकास  निर्माणका क्षेत्रमा भैरहेका भ्रष्टाचारजन्य कार्यलार्इ निरुत्साहित गर्ने प्रकृतिका प्रसंसनिय कार्यहरु गरिरहको छ | भलै देश र आफ्नी आमा लाईनै बेच्न पछि नपर्ने खालका राष्ट्रघातीहरुलाई (ठूलो माछा ) अख्तियारले समाउन सकेको छैन | त्यो हामी सबैको दुर्भाग्य नै मान्नुपर्छ| जे जति कामहरु भएका छन् र हुने  प्रयासमा छन् त्यसको लागि प्रमुख आयुक्तज्यूलाई बिशेष धन्यवाद छ | तर, देश यतिबेला संबिधान निर्माणको चरणमा छ | संबिधानको मस्यौदामा अख्तियारको अधिकार कटौती गरिएको भन्ने बुझिएको छ, जुन आस्चार्यचकित र घोर आपतिजनक छ | “चोरको खुट्टा काट्नी, भन्दा चोरले पैले नै आफ्नु खुट्टा उचालेको” जस्तो नयाँ संविधानको प्रारम्भिक मस्यौदाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अधिकारक्षेत्र कटौती गरेको छ। अहिलेको मस्यौदामा ‘अनुचित कार्य’ सम्बन्धी अख्तियारको कार्य क्षेत्र कटौती गरिएको हो। हाल अख्तियारले गरेका अधिकांश काम-कारबाही ‘अनुचित कार्य’ भन्ने प्रावधान अन्तर्गत नै पर्दछन्। जवकि नेपालको अन्तरिम संविधानमा समेत यस्तो प्रावधान थियो | यस प्रकार अख्तियारको हात खुट्टा बाधेर अख्तियारलाई पेन्डुलम बनाउने खेल रचिदै छ | अघिपछि अधिकारका कुरा गरेर नथाक्ने आफुलाई नागरिक समाजको मशिहा ठान्ने देशद्रोही डलरबादी खै कुन कुनामा लुकेर बसेका छन् ?

भ्रष्टाचारीहरुले आफु बच्नका लागी अनेक षड्यन्त्र गरिरहका छन् | खबरदार ! हामी युवाहरुलाई यो कदापी स्वीकार्य छैन | त्यसैले प्रमुख आयुक्त, मुख खोल्नु पर्यो, सत्य बोल्नुपर्यो,  तपाइँ चुप लागेर मौन बसिदिनु भएन |
अख्तियारको कार्यक्षेत्र कटौती गर्ने होइन मन्त्रिपरिषदको निर्णय,अदालत र सेना भित्र हुने भ्रष्टाचारको समेत छानबिन गर्ने अधिकार अख्तियारलाई दिनु पर्छ ! अख्तियारको कार्य क्षेत्रको बिषयमा सार्बजनिक बहस चलाउनु पर्छ भने  अख्तियारलाई स्वतन्त्र बनाउनु पर्छ | अख्तियारले निस्पक्ष काम गर्नुपर्छ |

अख्तियारलाई अधिकारसम्पन्न बनाउनु पर्छ | भ्रष्टाचार निर्मुल पर्नुपर्छ | भ्रष्टाचारी जेल परून्, सबैको जय होस् ! हामी सबैको सपना: सम्बृद र सम्पन्न बिकसित नेपाल हाम्रै पालामा |

जय नेपाल, जय नेपाली !

(लेखक नागरिक समुहका  संयोजक हुन्)
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget