Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

चातुर्मासले विराटनगरको आर्थिक कारोबार बढ्यो

 

विराटनगर, साउन ११ /

विराटनगरको सातघुम्ती क्षेत्रको माहौल अहिले अलि भिन्न छ । यो ठाउँमा अहिले मानिसहरुको चहलपहल निकै बढेको छ । सानो बजार नै खुलेको छ । किनमेल गर्नेको ताँती देखिन्छ ।Kinmel 2 होटेलमा खाजा खाने र स्टलमा बसेर रमाउनहरु पनि भेटिन्छन् । जैन भवन पश्चिम पट्टी बनेको यो बजारमा स्थानीय र भारतबाट आएका व्यापारीले उपभोक्ताले चाहेजस्तो सेवा दिइरहेका छन् ।
जैन धर्मगुरु आचार्य महाश्रमणको आगमन र चातुर्मासको आरम्भ हुने दिन नजिकिदै जाँदा विराटनगरमा भारतीय पाहुना र जैनमार्गीहरुको चहलपहल बाक्लिएको छ । यसले यहाँको आर्थिक गतिविधि र बजारलाई पनि चलायमान बनाई दिएको बताउँछन् तेरापन्थ युवक परिषदका उपाध्यक्ष विकास लालवानी । ‘खासगरी खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुको किनबेच बढेको छ, ’उनले भने,‘भारतबाट आएका धर्मालम्बीको अधिक क्रय गर्ने बानीले पनि बजारमा आर्थिक गतिविधि र बिक्री बढेको छ ।’ सातघुम्ती मोडमा बनाइएको बजारमा मात्र नभएर मुख्य बजार क्षेत्रमा पनि किनमेल बढेको व्यापारी बताउँछन् ।
विराटनगरका व्यापारी पन्नालाल बोहराका अनुसार अहिले बजारमा भारतीय नोटको अभावसमे टरेर गएको छ । चातुर्मासमा सहभागी हुन आएकाहरुले बजारमा गर्ने किनमेल बढेसँगै भारतीय रुपैयाँको उपस्थिति पनि बढेको हो । उनले भने,‘चार्तुमास उद्घाटनका दिनदेखि नै बजारमा आर्थिक कारोबार बढेको हामीले पनि महशुस गरेका छौं ।’ उनले भन्सार क्षेत्रबाट सामान आयात गर्दा व्यापारीलाई सहज वातवरण बनाउन र समस्या सिर्जना हुन नदिन आग्रह गरिएको बताए ।

भारतको राजस्थानबाट सातघुम्ती मोडमा पसल खोलेका विकासकुमार दुगडले आइतबारनै व्यापार सुरु गरेपनि बिक्रीबट्टा सोचेजस्तै बढेको बताए । उनले सातघुम्ती मोडमा राजस्तानी खाद्यान्न वस्तु पाइने पसल सञ्चालन गरेका छन् । दुगड भन्छन्,‘अब चार महिनासम्म यहीं बसेर व्यापार गरिन्छ, राम्रै कारोबार हुने अपेक्षा छ ।’ तेरापन्थ युवक परिषदले पनि सहजताका लागि सस्तो मूल्यको नास्ता पसल सञ्चालनमा ल्याएको छ ।

दूधको आयात गर्दै आएको मुक्ति कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन आचार्यले भने,‘हामीले मात्रै दैनिक डेढसय लिटर दूध पठाइरहेका छौं ।’ उनले चातुर्मासका कारण आर्थिक कारोबार बढेको बताए ।
विराटनगरमा आउने भारतीय पाहुनाले खासगरी चाइनिज कपडा अधिक रुचाउने गरेका छन् । यसबाहेक स्थानीय उत्पादन पनि उनीहरुको रोजाईमा परेको छ । चातुर्मास आयोजक समितिका जनसम्पर्क अधिकारी तथा मिडिया संयोजक राकेश सुराना भन्छन्,‘भूकम्पपछि थलिएको यहाँको अर्थतन्त्रलाई चातुर्मासले केही राहत दिने व्यवसायीको पनि अपेक्षा छ ।’

यसैबीच,भारतको जोगबनी नाका भएर चातुर्मासमा सहभागी हुन आउनेहरुको जानकारीका लागि हेल्प डेस्क स्थापना गरिएको छ । तेरापन्थ युवक परिषदले आफ्ना स्वयंसेवक खटाएर सिमानाकामा डेस्क सञ्चालन गरेको हो । परिषद आबद्ध प्रदीप बर्मेचा, सुरेश बोहरा र राजेश गुप्ता डेस्कमा परिचालन गरिएको युवा परिषदका अध्यक्ष कमल डागाले जानकारी दिए ।Kinmel 2
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget