Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कसैले प्रस्ताव राख्दैमा पाईने चिज पनि होईन : शालु

काठमाण्डौ,साउन ११/
शालु गौतम अहिलेकी चर्चित र दर्शकको मन तान्न सफल मोडेल हुन् ।समाजिक सञ्जाल फेसबुक , ट्वीटर छाएको गौतमलमई युट्युवमा उनका गीत धेरैले हेरेका छन् । थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी गौतमको गीत  "लौ हेर म नाच्छु कसरी" गीती भिडियो निक्कै चर्चित बनेको छ । shalu 12312311स्टेजमा उनले आफुलाई डिमान्डेड कलाकारकार रुपमा उभ्याउन सफल रहेकी छिन् । उनि नेपाली बेली डान्सर रुपमा पनि चिनिन्छिन । बेली डान्स मात्र हैन हिप हप र टिफिकल डान्समा पनि पोख्त गौतम पेशाले ब्युटीसियन हुन् । पोर्चुगलकी पीआर होल्डर गौतम नेपाल आएर डान्सर बन्ने उत्प्रेरणा कसरी जाग्यो लगायत यसै सेरोफेरोमा रहेर गरेको कुराकानी :-
१ .अहिले केमा व्यस्त हुनुहुन्छ ?
यसपाली मेरो आफ्नै स्वरमा तीजको गीत बजारमा आउदै छ । त्यसैको तयारी गर्दै छु अनि स्टेज प्रोग्रामहरुमा ब्यस्त छु ।
२ पेशाले ब्युटीसियन बेली डान्समा कसरी लाग्नु भो ?
डान्स मेरो रुचिको बिषय हो । यसको अलावा अन्य कामहरु पनि गरिरहेकी छु ।
३. नाच्ने मान्छेलाई नेपाली समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

म नाच्ने मात्र काम गर्दिन , मेरो आफ्नै ब्यवसाय पनि छ , मेरो हबी डान्स गर्ने हो जसमा म खुसी , सुख सबै कुरा पाउछु त्यसैले जसले जे सोचे पनि भने पनि मलाई त्यती फरक पर्दैन र समाजले के भन्ला भनेर म सोच्दिन ।
४ . तपाईलाई त बिकिनी गर्ल पनि भन्छन नी ?
भन्नु हुन्छ , बिकिनी लगाउदा सुहाउदो फिगर छ , बिकिनी लगाएर फोटो लिन्छु , स्विमिङ्ग जान्छु , यस्तो गर्दा बिकिनी गर्ल भन्नु हुन्छ भने म खुसी छु ,
५ . कसैले सेक्सी भन्दा कस्तो लाग्छ ?
सेक्सी , हट देखिनु जो कोहीको बशको कुरा होईन ्र कसैले सेक्सी भन्छ भने मलाई त खुसी लाग्छ,
६.मोडलिङ गर्न सजिलो कि गाउन सजिलो ?
सबै काम गर्न गाह्रो छ , मानिसलाई कुनै पनि काम गर्न सजिलो छैन ।
७.प्रेम प्रस्ताब राख्नेहरु टन्नै होलान नी ?
हुनुहुन्छ तर खोजे जस्तो पाएकी छैन ।
८ .शारीरिक सम्पर्कको प्रस्ताब राख्यो भने के भन्नु हुन्छ ?
कसैले प्रस्ताव राख्नु एउटा पाटो भो , त्यो बिषयलाई कसरी लिने भन्ने मेरो अधिकारको कुरा हो । कसैले प्रस्ताव राख्दैमा पाईने चिज पनि होईन । सेक्स नितान्त व्यक्तिगत कुरा हो ।
९.नेपालमा बेली डान्सको भविष्य कस्तो छ ?
मेहनत गरेर काम गर्न सके सबै कुराको भबिष्य राम्रो नै छ जस्तो मलाई लाग्छ । मेरो सवाल भन्नु पर्दा म डान्सर र गायिका सिमित भएर बस्ने गरेकी छैन र बस्न पनि सक्दिन ।
१०. फिल्म खेल्ने सोचमा हुनुहुन्छ ?
फिल्म खेल्ने अफर पनि धेरै आईरहेका छन् । मन पर्ने स्कृप्टमा फिल्म खेल्न पनि सक्छु । तर अहिले फिल्म नै खेल्न लागेकी छैन । अलि पछि आफै फिल्म बनाउने सोचमा छु ।
११.विदेशको पिआर भएको मान्छेलाई नेपाल आएर मोडलिङ र डान्स गर्न केले तान्यो ?
यो मेरो रुचिको बिषय हो । त्यसैले मैले चाहेका सबै चाहनाहरु सम्भव भएसम्म पुरा गर्ने प्रयास गर्ने बानि छ । यहि चाहनाहरु पुरा गर्ने धुनमा अहिले म नेपालमा छु ।
१२.भावी योजना के छ ?
सफल बिजनेस वोमन बन्ने छ ।
१३.अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
पहिलो चोटी मेरो स्वरको तिज गीत बजारमा ल्याउदैछु । गीत सुनेर मनोरञ्जनका साथै प्रतिक्रिया पनि दिनु होला । स्रोताहरुको सल्लाह सुझाब नै मेरो लागि माया हुनेछ्र देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली सामु मेरो केही कुरा राख्ने मौका दिनु भएको धन्यवाद । नजिकिदै गरेको चाड हरितालिका तिजको सबैलाई हार्दिक शुभकामना ।

123

 

salu2

 

salu1

 

123shalu salu dear shalu334 shalu1234
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget