Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

झापाका पाँचवटा सडकको मर्मत कार्य सम्पन्न

सुरुङ्गा (झापा), १० साउन । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास सहयोग कार्यक्रम र जिल्ला विकास समिति झापाअन्तर्गत ग्रामीण पहुँच कार्यक्रम ¥याप– ३ द्वारा झापाका पाँचवटा सडकको मर्मत कार्य सम्पन्न भएको छ ।

कार्यक्रमअन्तर्गत १३ वटा सडकको मर्मत कार्य सुरु गरिए पनि पाँचवटा सडकको मात्र काम सम्पन्न भएको ¥याप– ३ झापाका टोली नेता हरिहर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गौरादह– महारानी झोडा, स्वामीचोक– कोहवरा– जुरोपानी सडकको मर्मत भएको छ । सो सडक मर्मतका लागि रु ३२ लाख ८३ हजार ४६८ खर्च भएको भण्डारीले बताउनुभयो ।

त्यस्तै सगरमाथा–हल्दिबारी, चकचकी–राजगढ सडक मर्मतमा रु १९ लाख ३७ हजार ९४४ खर्च भएको छ । भण्डारीका अनुसार भद्रपुर–ज्यामिरगढी, धुलाबारी–शान्तिनगर, इरौटार सडक मर्मत गर्न रु ८४ लाख ४० हजार ४५६ खर्च भएको छ ।

यसैगरी पथरिया–घेराबारी सडक मर्मत गर्न रु २७ लाख २७ हजार ६३४ खर्च भएको छ । शनिश्चरे–खुदुनाबारी सडक मर्मत कार्यका लागि रु ३९ लाख ८२ हजार ७४३ खर्च भएको जनाइएको छ ।

मर्मत कार्य सम्पन्न भएका पाँचवटा सडकको लम्बाइ ८६.६६ किलोमिटर रहेको ¥याप–३ का झापा भण्डारीले बताउनुभयो ।

यता रु २७ लाख ५७ हजार ५१ को लागतमा केर्खा–क्याम्पा सराङ्पाडा–वैगुनधुरा सडकको मर्मत कार्य भइरहेको छ । धरमपुर–पाँचगाछी सडकखण्डको पनि मर्मत कार्य भइरहेको छ । जसका लागि रु २५ लाख ६५ हजार ५९९ रकम छुट्याइएको छ । चारपाने–हात्तीकिल्ला सडकका लागि रु ३५ लाख ९७ हजार ८३२ मा सडकको मर्मत भइरहेको छ । घैलाडुब्बा–डाँगीबारी, चकचकी–राजगढ सडकखण्डको मर्मतका लागि रु ५० लाख २६ हजार ७० मा छुट्टिएको बताइएको छ ।

उता सैनिकमोड–गोलधाप, डिम्माखुट्टी–राजगढ सडक मर्मतका लागि रु ८३ लाख २९ हजार ८३२ र काँकडभिट्टा–बाँहुनडाँगी सडक मर्मतका लागि रु ४८ लाख ४७ हजार ४५६ विनियोजन भएको र उक्त रकमले सडक मर्मतको काम भइरहेको बताइएको छ ।

यता हिमाली–पाठामारी, बनियानी–वालुवाडी सडक मर्मतको पनि काम भइरहेको र जसका लागि रु ५४ लाख ६९ हजार ६८१ रकम विनियोजन भएको जिल्ला विकास समिति झापाले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget