Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

काश्मिरमा दुई आतङ्ककारी मारिए, दुई सैनिक घाइते

श्रीनगर ८ साउन । भारत अधिनस्थ काश्मिरमा सीमा नियन्त्रण रेखा नजिकै भएको भीषण गोालाबारीमा दुई जना हतियारधारी आतङ्ककारी मारिएको बताइएको छ ।

साथै अन्य दुई भारतीय सैनिक घाइते भएका छन् उक्त जानकारी अधिकारीहरुले शुक्रबार दिएका छन् । श्रीनगर जिल्लाबाट १५२ किलोमिटर उत्तरपश्चिममा कुप्वारा जिल्लाका ताङ्गघार क्षेत्रमा सो गोलावारी सुरु भएको जनाइएको छ ।

ताङ्गघारका सीमा नियन्त्रण रेखामा रातभारी भएको झडपमा दुई आतङ्ककारी मारिएका श्रीनगरसँग आवद्ध भारतीय सैनिक प्रवक्ताले बतनउनुभएको छ ।

आतङ्ककारीसँग जारी सो झडपको क्रममा सेनाका दुई सदस्य घाइते भएका पनि प्रवक्ताले जानकारी दिनु भएको छ ।

सञ्चारमाध्यमहरुका अनुसार बुधबारबाट सुरु भएको दोहोरो गोली हानाहानमा बिहीबार अबेर रातिसम्म जारी रहेको जनाइएको छ ।

गोलाबारीमा मारिएका ती आतङ्ककारीहरुको परिचय भने खुल्न नसकेको जनाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget