Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्प प्रभावित गाविसमा सरसफाइ सामग्री वितरण

खोटाङ, ९ साउन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले भूकम्प प्रभावित पश्चिमी छ गाविसका स्थानीयवासीलाई सरसफाइ सामग्री प्रदान गरेको छ ।

भूकम्पबाट पीडित बनेका परिवारमा रोगको महामारी फैलन नदिने उद्देश्यका साथ रेडक्रसले सरसफाइ सामग्री प्रदान गरेको हो ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने बाहुनीडाँडा, दुर्छिम, च्यास्मिटार, खार्पा, लामिडाँडा र नुनथला गाविसका भूकम्पपीडित परिवारलाई सरसफाइसम्बन्धी विभिन्न प्रकारका सामग्री प्रदान गरिएको रेडक्रस सभापति कुमारसिं बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पबाट प्रभावितमध्ये अति प्रभावित घरपरिवार छनोट गरेर सरसफाइ सामग्री वितरण गरेका छौँ, यसको मुख्य उद्देश्य भूकम्पबाट विस्थापित परिवारमा महामारी फैलन नदिने हो ।”

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक सहयोगमा सञ्चालित आकस्मिक खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रममार्फत भूकम्पपीडित परिवारलाई सरसफाइ सामग्री वितरण गरिएको रेडक्रस खोटाङका किरण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार छ गाविसका भूकम्पपीडित अतिविपन्न एक हजार ५०० घरपरिवारलाई पानी राख्ने भाँडा, तौलिया, सेनिटरीप्याड, साबुन, ब्रस÷मञ्जन, ट्वाइलेट पेपरलगायतका सामग्री प्रदान गरिएको हो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget