Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सवारीसाधनमा आगजनी

नेपालगन्ज, ८ साउन । नेकपा माओवादीले आह्वान गरेको गरेको नेपाल बन्दका क्रममा त्यस दलका कार्यकर्ताले आज बाँके जिल्लाका विभिन्न स्थानमा पाँच सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुशील राठौरका अनुसार विद्यालयको भ्यान, दुई बस र एउटा ट्रकमा आगजनी र तोडफोड गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत खासकुसुमको सौरी नजिक रोकिराखिएको ना ५ ख ५०१४ नंको मालबाहक ट्रकमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकभित्र रहेका ट्रकधनी दार्चुला भगवती–१ का गौरसिंह बोहरा सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक टीका केसीले जानकारी दिनुभयो ।

यसैगरी सीमावर्ती भारतको रुपैडियाबाट नेपालगन्जतर्फ विद्यार्र्थी लिन आएको रुपैडियास्थित सीमान्त इन्टर कलेजको युपी ४० टियु ७६३ भारतीय नं प्लेटको भ्यानमा सुर्खेत सडकमा आगजनी गरिएको छ ।

आफ्नो विद्यालयको भ्यानमा आगजनी भएपछि सीमान्त इन्टर कलेजका विद्यार्थीले सीमावर्ती रुपैडियास्थित नेपालगन्ज नाकामा प्रदर्शन गरेपछि नाका क्षेत्र केही समय तनावग्रस्त भएको थियो । यस्तै नेपालगन्ज बसपार्कमा रोकिराखिएका भे १ ख ८०९ र भे १ ख ८५८ नंका दुईवटा बसमा आगजनी भएको प्रहरीले जनाएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget