खोटाङ असार १९/
खोटाङकी एक किशोरीले जागिरको प्रलोभन देखाएर मानव बेचबिखन गर्ने समुहको पञ्जाबाट आफू जोगिएर दलाललाई समेत
प्रहरी खोरमा पुर्याएकी छन्। भूकम्प गएको मौका पारेर हौंचुर–३ राइसिंगेकी किशोरी उर्मिला राई जागिरको प्रलोभन देखाएर भारत लैजान लागेका समुहको फन्दाबाट जोगिएकी हुन्।
आकर्षक जागीरका लागि दार्जिलिङ लैजाने भन्दै काँकडभिट्टा पुर्याइएकी उनले उल्टै बेचबिखनमा लैजाने सिराहाकी आशा चौधरी र उदयपुर लेखानीकी नेमिना राईलाई प्रहरी नियन्त्रणमा पु¥याएकी छन्।
जागिरमा लगाइदिने भन्दै सीमा कटाउन लागेको चाल पाएपछि निर्मलाले उल्टै उनीहरुलाई प्रहरी र माईती नेपालको फन्दामा पु¥याएको बताईन्। 'मासिक २०–२५ हजार तलव आउने जागिर लगाइदिने भन्दै सीमा कटाउन लागेको चाल पाएँ,' निर्मलाले भनिन्, 'सीमामा सोधपुछका क्रममा नढाँटी बेच्न लगेको कुरा बताएँ, प्रहरीले उनीहरुलाई तत्कालै पक्राउ गर्यो।'
घरकी पाँच दिदिबहिनीमध्ये साईली छोरी हुन् उर्मिला। उनी प्रांगारिक मलसम्वन्धी काम गर्ने शिवशक्ति बायोप्लान्टिक प्रालि लाहानको कर्मचारीका रुपमा काम गर्थिन्। लाहान जाने आउनेक्रममा आशा र नेमिनासँग उनको अघिल्लो वर्षको वैशाखमा चिनजान भएको थियो। आशा र नेमिना गाउँ डुल्दै स्थानीयलाई 'मेम्बर' बनाउने काम गर्थे, सो बापत 'बोनस' आउने बताउँथे उनीहरु।

निर्मलाका अनुसार उनीहरुको कार्यालय बायोप्लान्टिकको कार्यालय नजिकै राखिएको थियो। पढाईका लागि बायोप्लान्टिकको काम छाडेर उर्मिला गत असार–३ गते घर आईन् र दिक्तेल क्याम्पसको आफ्नो पढाईलाई निरन्तरता दिन थालिन्। पढाईका लागि गाउँ आएकी उर्मिलालाई आशा र नेमिनाले आकर्षक तलव भएको जागिर लगाइदिने भन्दै बारम्बार बोलाउन थाले। 'पढेलेखेकालाई राम्रो तलबको जागिर मिल्छ,' भन्दै उनीहरुले फकाउन थाले।
भूकम्पले गाउँमा त्रास फैलिरहेको थियो, तर राम्रो तलब पाउने सपनामा उर्मिला वैशाख–२८ गते लाहान पुगिन्। तर, उनलाई आशा र नेमिनाले कार्यथलो भने दार्जिलिङ भएको बताए। लाहानमै भए काम गर्ने अन्यत्र नजाने अड्डि कसेकी उनलाई उनीहरुले 'एक पटक काम हेर्न जान र चित्त नबुझे फर्कन' आग्रह गरे।
मन नलागे फर्कने खर्चसमेत दिने भनेपछि उर्मिला दार्जिलिङ जान सहमत भइन्। तर, लाहानबाट उनलाई बोर्डर कटाउन काँकडभिट्टातर्फ लगिया । उनले सडकका दायाँ–बायाँ राखिएका साइनबोर्डबाट अन्यत्र लैजान लागेको चाल पाइन्, र तत्काल मनमनै प्रहरी वा माईती नेपालको साथ लाग्ने जुक्ति निकालिन्। घरमा पनि जानकारी दिइन्। बोर्डरमा उनलाई फेसनसम्बन्धी कामका लागि भारत जान लागेको बताउन भनिएको थियो। आशा र नेमिनाको शंकास्पद गतिबिधिबाट सशंकित बनेकी उर्मिलाले बोर्डरमा भएका प्रहरी र माईती नेपाललाई भने आफूलाई बेच्न लान लागिएको कुरा बताईन्। तत्कालै प्रहरीले आशा र नेमिनालाई पक्राउ ग¥यो।
सीमा कटाउन लागिएको जानकारी पाएपछि घरका आफन्तले समेत उनको उद्धारकालागि प्रहरीलाई खबर गरेका थिए। सीमा कटाइनबाट जोगिएकी निर्मलालाई माइती नेपालले केही समयअघि अभिभाबकको साथ लगाएर घर पठाएको छ। 'मलाई बेच्न उनीहरुले डेञ्जर टेक्निक लगाए,' गाउँ आएकी निर्मलाले भनिन्, 'मैले पनि जोगिन आफ्नै तरिकाको टेक्निक लगाएँ ।'
माइती नेपालका गोबिन्द घिमिरेकाअनुसार आशा र नेमिना प्रहरीको नियन्त्रणमा छन्। उनीहरुले अन्य सोझासीधा चेलीबेटीलाई समेत प्रलोभन देखाउँदै बेचबिखन गरेको खुलेको जनाइएको छ।
यस्तै, दुबई पठाइएकी बाम्राङ–३ की बिश्वकर्मा थरकी महिलालाई बम्बई पु¥याइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अघिल्लो साउनमा दुबई जाने भनेर हिँडेकी उनलाई भारतको बम्बई पु¥याइएको खुलेको हो। मुम्बर्ईबाट भागेर फागुनमा घर फर्किएकी उनी तत्कालै दुबई नै गएको उनका आफन्तले बताएका छन्। आफन्तले समेत यस बिषयमा खुलेर र स्पष्ट कुरा गर्न चाहेका छैनन्। यस मुद्दामा प्रहरी हेडक्वाटर डिपार्टमेन्टले महिलाको चारित्रिक प्रमाणपत्र प्रमाणित गरेको पाइएको छ।
विदेश पठाइदिने भन्दै तेल, चिया, चिनी लिएर एजेण्टहरु घरैमा आएर उनलाई फकाउने गरेको उजुरी आएको जनसेवा समाज नेपाल र सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको साझेदारीमा दिक्तेलमा सञ्चालित सुरक्षित आप्रबासन परियोजना सूचना केन्द्रले जनाएको छ। 'पछिल्लो समय चेलीबेटीलाई फसाउनका लागि नयाँ–नायाँ तरिकाहरु अपनाएको देखिन थालेका छन्,' परियोजनाका जिल्ला संयोजक भक्त राईले भने, 'यसतर्फ हामी सबैले सचेत हुन जरुरी छ।'
Post a Comment