Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

धर्म नमान्न पाउने अधिकार



राप्रपा नेपालको अवरोध हट्यो


 काठमाडौं, असार १९ - नयाँ संविधानमा धार्मिक स्वतन्त्रताको हकमा धर्म नमान्न पाउने अथवा नास्तिक हुन पाउने अधिकार राख्ने सहमति भएको छ ।





संविधान मस्यौदामा धर्म परिवर्तन गर्न पाउने स्वतन्त्रतामा राप्रपा नेपालले असहमति राख्दै संविधानसभा बैठक अबरुद्ध गरेपछि यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेता र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच शनिबार धर्म परिवर्तनको स्वतन्त्रतामा फरक ब्याख्या गर्ने सहमति भएको हो ।

सहमतिसँगै राप्रपा नेपालल गर्दै आएका संविधानसभाको अवरोध हटेको  ।

संविधान सभा बैठक सुचारु

धर्मको विषयलाई लिएर संविधान सभामा नाराबाजी गरिरहेका राप्रपा नेपालको नाराबाजी रोकिएको छ । नेपालले संविधानको मस्यौदामा मौलिक हकमा धर्म परिवर्तनबारे गरिएको व्‍याख्यालाई लिएर केही घण्टाअघिदेखि संविधानसभा अवरुद्ध गरिरहेको थियो ।

अहिले संविधान सभा बैठक सुचारु भएको छ । मस्यौदामाथि छलफल भइरहेको छ।

नेपालले तीन राजनीतिक दलका शीर्ष नेताबीच धर्म परिवर्तन गर्न मिल्ने भन्ने व्याख्या नहुने गरि मस्यौदा तय गर्न सहमति भएपछि नाराबाजी रोकेको हो ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष कमल थापाबीच मौलिक हकमा धर्म परिवर्तन गर्न मिल्ने भन्ने व्याख्या नहुने सहमति भएको छ ।

उनीहरुले संविधान सभाध्यक्ष सुवासचन्द्र नेम्बाङको कार्यकक्षमा गइ सहमति गरेका थिए । नाराबाजी गरिरहेका राप्रपा नेपालका सभासदहरु आ आफ्नो सिटमा गएर बसेका छन् ।



Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget