Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नदी नियन्त्रणका लागि वायो इन्जिनियररिङ प्रविधि अपनाउने

कुमोद अधिकारी विराटनगर
साउन, १५ शुक्रवार
वक्राहा खोला कटानवाट आजित भएका मोरंङ मधुमल्लाका स्थानिय वासिन्दाले नदी नियन्त्रणका लागी वायो इन्जिनियररिङ प्रविधि अपनाउने भएका छन ।
स्थानिय वासिन्दाले मधुमल्ला–८ अन्तर्गतपर्ने वक्राहा खोलाको दायावाया चुरेक्षेत्र सम्म सो प्रविधिवाट वास तथा विभिन्न जातका विरुवा रोप्ने भएका छन । विराटनगर स्थित जल उतपन्न प्रकोप नियन्त्रण कार्यालयको पहलमा १२ किलोमिटरक्षेत्रमा २० हजार विरुवा रोप्न तयारी भइ रहेको जनाइएको छ ।
वाढि गाउ पसेपछी तटवन्ध जोगाउन तटवन्धको वरपर विरुवा रोप्ने तयारी भइरहेको एमाले मोरंङको सचिवालय सदस्य मानवहादुर श्रेष्ठले बताउनुभयो । तटवन्धलाइ वालियो बनाउन वास लगायत अन्य वोटविरुवा रोप्ने अभियान शूरुगर्न लागेको र त्यसका लागी आफुले एकहजार वासको विरुवा निशुल्क सहयोग गर्ने उहाले बताउनुभयो ।
वायो पद्धतीवाट तटवन्धलाइ वलियो बनाउन सकिने जल उत्तपन्न प्रकोप डिभिजन नियन्त्रण कार्यालयका प्रमुख भिलानन्द यादवले बताउनुभयो । यो विधिमा लामो जरा भएका वास लगायतका विरुवालाइ अन्य जातका विरुवा संगै रोप्ने गरिएको उहाले बताउनुभयो ।
मधुमल्ला क्षेत्रमा वस्तिभन्दा खोलामाथी भएकाले खोलालाइ सहि ट्रयाकमा ल्याउन आवश्यक रहेको छ ।
स्थानिय वासिन्दाले ल्याएको यो अभियानलाइ आफुले सकारात्मक रुपमा लिएकाले यस्तो अभियान अरुक्षेत्रमा पनी संचालन हुनुपर्ने कार्यालय प्रमुख यादवले बताउनुभयो ।
तटवन्ध भत्काएर यो वर्ष खोला गाउ पसेपछी मधुमल्लामा एक जनाको मृत्यु भएको थियो भने सयौ घरमा क्षती पु¥याएको थियो ।
वाढिले तटवन्ध भत्काएपछी सो क्षेत्रमा जल उत्तपन्न प्रकोप नियन्त्रण कार्यालय र विभिन्न राजनितक दल तथा युवाहरुको जनश्रमदानमा तटवन्ध निमार्ण गरिएको छ तटवन्धलाइ जोगाउन वास रोप्ने अभियानमा थालिने भएपछी स्थानिय उत्साहित भएका छन । ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget