Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अख्तर मन्सुर तालिवानका प्रमुख

काबुल, १५ साउन । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानले मुल्लाह अख्तर मन्सुरलाई उक्त संगठनको प्रमुखका रुपमा घोषणा गरेको छ ।
चौध वर्षको सशस्त्र विद्रोहका क्रममा सो संगठनले यसको प्रमुख कार्यकारिणी अधिकारको शक्ति अख्तरमा हस्तान्तरण गरेको शुक्रबार जानाकरी दिएको छ ।
साथै उक्त संगठनले अख्तरको उपप्रमुखका रुपमा थप दुई जनालाई जिम्मेवारी दिएको छ । उक्त संगठनको उपप्रमुखमा सिराजुद्दिन हक्कानी र हैबतुल्लाह अखुन्दाजालाई तोेकेको छ ।
सिराजुद्दिन हक्कानीलाई तालिवानको अर्काे एक आतङ्ककारी संगठन हक्कानी नेटवर्र्कको जिम्मेवारी पनि तोकिएको छ ।
तालिवान संगठनका प्रमुख मुल्लाह ओमारको मृत्युको समाचार आएको तथा उनको मृत्युको समाचारको पुष्टि तालिवान संगठनले नै गरेको एकदिनपछि सो संगठनले अर्काे प्रमुख र उसका सहयोगीहरु पनि तोकेको हो ।
मन्सुर ओमारका एकजना सबैभन्दा नजिकका सहयोगीका रुपमा विगत लामो समयदेखि कार्यरत व्यक्ति हुन् । उनको नेतृत्वमा आगामी केही वर्ष तालिवान संगठनका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
साथै कतिपयले भने अफगानिस्तानमा केही दिनयतादेखि सरकार र तालिवानबीचको वार्ताको तयारी भइरहेको र यसको सहयोगका लागि उनको नेतृत्व सहयोगी सिद्ध हुने अपेक्षा पनि गरिएको छ ।
तालिवानका पूर्व कमाण्डर एवम् प्रमुख पाकिस्तानमा मारिएको एकदिनमा नै उनीहरुको नियुक्तिका बारेमा मुस्लिम नेता एवम् धर्म गुरुहरुसँग व्यापक मात्रामा परामर्श गरी उनलाई तोकिएको समाचारमा जनाइएको छ ।
उक्त पदमा ल्याउनका लागि मुस्लिम धर्मका नेताहरुले पनि व्यापक मात्रामा परामर्श गरेको र मन्सुरका अतिरिक्त ओमारका छोरा मुल्लाह याकुबको पनि नाम ल्याइएको थियो ।
तर पनि उनी अहिले २६ वर्षका मात्र रहेका र यति गम्भीर भूमिकाका लागि उनलाई जिम्मेवारी दिदा गाह्रो पर्ने निष्कर्ष निकालिएको थियो । सो निष्कर्ष पछि अख्तरलाई नै प्रमुखको जिम्मेवारी दिइएको हो ।
मुल्लाह ओमारको मृत्युका कारण तालिवान सरकार वार्तामा पनि असर पर्ने देखिएको छ । उनको निधनपछि भने सो वार्तामा दरार उत्पन्न हुने देखिएको छ ।
अफगानिस्तानका तालिवानहरुले हालैका दिनमा सरकारसँग भएको वार्ताका बारेमा आफूहरुलाई केही थाहा नभएको बिहीबार मात्र बताएका छन् ।
यसअघि तालिवान र सरकारका प्रतिनिधिका बीचमा दुई चरणसम्म वार्ता भएको भएपनि यस बारेमा आफूहरुलाई केही थाहा नै नभएको भनाई उनीहरुको छ ।
उनीहरुको यो प्रतिक्रियापछि तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको अधिकारीहरुले जनाएका छन् ।एएफपी
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget