Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विदेश जाने युवाहरुलाई लक्षित गरेर सरकारले श्रम वैंक स्थापना गर्ने

 

कुमोद अधिकारी
विराटनगर,  साउन ५  ।
सामान्य प्रसासन मन्त्री लालवावु पण्डितले विदेश जाने युवाहरुलाई लक्षित गरेर सरकारले श्रम वैंक स्थापनागर्न लागेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा मंगलवार संचारकर्मीसंग कुरागर्दै मन्त्री पण्डित सरकारले श्रमसंग जोडिएर लगानीगर्न सरकाले वैंक स्थापनागर्न लागेको जानकारी दिनुभयो ।
श्रम वैक स्थापनागर्न मन्त्रालयले विधेयक अगाडी वढाइ सकेको पण्डितको भनाई छ । वैंक स्थापना भएपछी कामका लागि अरव लगायत विभिन्न मुलुक जाने युवाहरुले काम गरेर जम्मा गरेको रकममा वैंकले थप रकम प्रदान गर्ने र युवाहरुलाई लगानी गर्ने अवसर प्राप्त हुने उहाँले बताउनुभयो ।
नेपाली युवाहरु अत्याधिक गर्मी र तापक्रमा काम गर्न वाध्य छन र अहिले विदेशवाट दैनिक चारवटा शव नेपाल आउने भन्दै मन्त्री पण्डितले विदेशमा रहेका ३५ लाख युवालाइ स्वदेशमै फर्काएर लगानी गर्ने वतावरण बनाउन वैंकको स्थापनागर्न लागेको बताउनुभयो ।
वैंकमा सरकारले १० अर्व भन्दा वढि रकम लगानी गर्ने उहाको भनाइ थियो ।
पत्रकारहरुको एक प्रश्नमा मन्त्री पण्डितले निजामती ऐन चौथो संसोधन विधेयक पास भइसकेकाले यसले १० हजारभन्दा वढि युवाहरुलाइ थप रोजगारीको अवसर प्रदान गरेको बताउनुभयो । उहाले निजामती प्रसासनलाइ चुस्तदुरुस्त बनाउन विधेयक आएकाले यसको अक्षरस पालना हुने बताउनुभयो ।
मन्त्री पण्डितले संविधानको मस्यौदा छलफलका लागी जनताको विचमा पुगि सकेकाले जनतावाट आएको सुझावलाई आात्मसाात गरेरै नयाँ संविधान जारी हुने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget