Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राप्रपा नेपालको बन्द हल्लामात्रै, नेता तथा कार्यकर्ताहरु नै दोधारमा

उर्लाबारी, ६ साउन/

हिन्दुराज्य नेपालको माग गर्दै आएको राप्रपा नेपालको केन्द्रीय सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालले बन्दको आयोजना नगरेको जानकारी दिएका छन् । टेलिफोनमा बोल्दै उनले बन्द नभएर बिरोधको कार्यक्रम मात्र रहेको बताएका छन् । यता सहमहामन्त्री कुन्ती कुमारी शाहीलाई सम्पर्क गर्दा भने भक्तपुर लगायत पूर्व र पश्चिमका जिल्लामा बन्दको आब्हान गरिएको दाबी गरिन् । राप्रपा नेपालका प्रवक्ता विष्णु भट्टराईले भने देशैभारी बन्दको आब्हान गरिएको भएपनि आफ्नो पकड र प्रभाव पर्ने ठाउँमा मात्रै बन्द भएको तथा काठमाडौँमा आफूहरुले बन्द गराउन नसकेको स्वीकार गरे । संविधानको प्रारम्भिक मस्यौदाको सुझाव संकलनका क्रममा अवरोध गर्दै आएको राप्रपा नेपालले हेटौंडामा पार्टी अध्यक्ष कमल थापा माथि भएको आक्रमणको विरोध तथा हिन्दुराज्यको माग गर्दै देशभर प्रदर्शन गर्न लागेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टीको घोषणापत्रमा नै बन्द नगर्ने भनेर उल्लेख गरेका छौ, उनले भने, 'बन्द होईन, मस्यौदा र थापाद्वयमाथि भएको कुटपिटको विषयमा बिरोधमात्र हो । पार्टीले बन्द गर्ने भनेर भनेकै छैन ।' यसरी केन्द्रीय नेताहरुमै दोधार र दोहोरो कुरा देखिएकोले पार्टीको अधिकारिक बन्द गर्ने निर्णय नभएको देखिन्छ । यता मोरङको उर्लाबारीमा भने राप्रपा नेपालका कार्यकर्ताहरु केन्द्रीय समितिको निर्णयको धज्जी उडाउदै नेपाल बन्द भन्दै सडकमा उत्रिरहेका छन् । जसको कारण सर्वसाधारणहरु गन्तब्यमा जाने कि नजाने भनेर दोधारमा परेका छन् ।

बन्द गराउन झापा र मोरङका राप्रपा नेपालका कार्यकर्ता सडकमा उत्रेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङका प्रहरी निरीक्षक श्रीराम भण्डारीको नेतृत्वमा पूर्वपश्चिम राजगर्मामा सवारीसाधनहरु सन्चालनमा ल्याइएको छ । उता झापाको विर्तामोडमा राप्रपा नेपालका कार्यकर्ताले सफारी समेत चल्न नदिएको जानकारीप्राप्त भएको छ । प्रवक्ता भट्टराईले बन्द प्रभावहिन भएको भन्दै आज बेलुका अध्यक्ष कमल थापा पनि राजधानी आइ पुग्ने भएकोले थप समीक्षा गरेर भोलिदेखि अघि बढ्ने जानकारी दिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget