Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जनमत सङ्कल कार्य जारी, छिटफुट घटनाबाहेक मुलुक शान्त

काठमाडौँ, ५ साउन । संविधानसभा सचिवालयले मुलुकभर जनमत सङ्कलन कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा जारी रहेको जनाएको छ ।

नेपालको संविधान, २०७२ माथि जनताले स्वतःस्फूर्त रुपमा आफ्नो सुझाव दिइरहेका तथा उत्साहपूर्ण सहभागिता जनाइरहेका छन् ।

संविधानमा समावेश गर्नुपर्ने असाध्यै महत्वपूर्ण सुझाव जनताले दिएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

केही जिल्लामा संविधानको मस्यौदामा आफूहरुको धारणा नसमेटिएको भन्दै केही राजनीतिक दलले विरोध गरेको भए पनि अन्य स्थानमा शान्तिपूर्ण तवरले सुझाव सङ्कलन जारी रहेको सहप्रवक्ता कुइँकेलको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले भने जनमत सङ्कलन कार्यलाई बहिष्कार गर्दै केही स्थानमा अवरोधको प्रयास गरेका छन् ।

केही स्थानमा भने मस्यौदा नपाइएको गुनासो प्राप्त भएको छ तर सचिवालयले भने कहीँ कतै त्यस्तो भएको भए पनि पूर्णरुपमा त्यस्तो नभएको जानकारी दिएको छ ।

जनताबाट प्राप्त भएको सुझावलाई एकीकृत बनाउन सचिवालयले चारजना उपसचिवको नेतृत्वको कार्यदलसमेत बनाएको छ । यस्तै, ७५ वटै जिल्ला र २४० वटै निर्वाचन क्षेत्रमा पुगेका सचिवालयका कर्मचारीले समेत स्थानीय रुपमा नै सो काम गरिरहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले केही जिल्लामा सामान्य विरोधबाहेक अन्य कुनै घटना नघटेको राससलाई जानकारी दिनुभयो ।

उहाँले मकवानपुर र तराईका केही जिल्लामा सामान्य अवरोध भए पनि अन्य स्थानमा भने जनमत सङ्कलन कार्य शान्ति पूर्णरुपमा जारी रहेको जानकारी दिँदै सामान्य असन्तुष्टिलाई गम्भीर रुपमा लिन नहुने बताउनुभयो ।

मकवानपुरमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो भने धनकुटामा सामान्य झडप भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget