नजिकिएको नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन संगै नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ९ को क्षेत्रिय सभापतीमा शंकर राईले आफ्नो उमेद्धारी प्रस्तुत गर्नुभएको छ । हाल मोरङ कांग्रेसका जिल्ला सदस्य रहनुभएका राई बलियो प्रतिस्पर्धीका रुपमा रहनु भएको स्थानिय कांग्रेसका सभापतीहरुले बताएका छन् । मिजाशिला स्वभावका राई कांगे्रस निकट लोकतान्त्रिक खेलकुद संघका केन्द्रीस्य सदस्य समेत हुनुहुन्छ ।

कांग्रेसले दिएको जिम्मेवारीलाई कुसलता पुर्वक निर्वाहा गरिसक्नुभएको राईलाई अब क्षेत्रिय सभापतीको जिम्मेवारी लिएर जिम्मेवारीलाई सफल बनाउने अभिभारा आउन लागेको बताईन्छ ।
२ वटा पाटी भएको बेला संस्थापन मै रहेर पाटीमा ईमान्दारीता साथ काम गरेका राईले हाल कुनै पक्षको नभई विचको मार्गलाई अठ्याएको बताईन्छ ।
मोरङ ९ लाई संविधानसभाको दोस्रो निर्वाचनमा जिताउन प्रमुख भुमिका खेल्नुभएका राई युवाहरु माझ धेरै नै लोकप्रीय नेताको रुपमा चिनिनुहुन्छ ।
स्थानिय समाजसेवीका रुपमा आफुलाई स्थापित गर्न सफल राई लाई सभापती बनाउनका लागि नगर तथा गाँउका सभापतीहरु समेत लगिरहेको एक कांग्रेस नेताले आगोपाटीलाई बताएका छन् ।
राईले समाजसेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र पार्टीमा सबैभन्दा तल बसेर काम गर्ने कार्यकर्ता समेतको मन जित्न सफल रहेको स्थानिय कांग्रेस कार्यकर्ताहरुले बताएका छन् ।
राई संगै पुर्व क्षेत्रिय सभपती ललित अधिकारी र वर्तमान सभापती खड्ग फागोको पनि क्षेत्रिय सभापती दावेदारी रहेको बताईन्छ ।
यसैगरी नगर तथा गाँउमा पनि अधिवेसन लागेको छ । उर्लावारी नगर सभापतिमा सिता कार्कीको नाम चर्चामा आएको छ । अन्य नगर तथा गाँउमा सभाती यथायिस्थतीमा रहन सक्ने जनाईएको छ ।
Post a Comment