रंगेली नगरपालिकाका कार्याकारी अधिकृत गणेश कार्कीले कार्यलयको गाडी दुरुपयोग गरेको स्थानियले आरोप लगाएका छन् ।

विराटनगर वाट करिब २५ किलोमिटर टाढा रहेको उक्त नगरपालिकाका प्रमुख कार्कीले दैनिक अन्य कार्यलयमा काम गर्ने महिला कर्मचारीलाई दैनिक बोकेर विराटनगर – रंगेली , रंगेली – विराटनगर गर्ने गरेको स्थानिय बासिन्दाले गुनासो गरेका छन् ।
कार्कीले स्थानिय स्तरमा काम गर्दा स्थानियहरुलाई वेवास्ता गर्दै काम गरेको समेत आरोप लाग्न थालेको छ ।
स्थानिय वडा हरुमा विकासका काम गर्दा समेत कार्कीले समितिका पदाधिकारीलाई वेवास्ता गरेकोले भ्रष्टाचार समेत गरेको हुन सक्ने स्थानिय वडा नागरिक मञ्चका संयोजक विरेन्द्र शाहले आगोपटीलाई जानकारी दिनुभयो ।
रंगेली गा.वि.स.मा छुट्टीएको बजेटलाई छिमेकी दर्वेशा गा.वि.स.मा लगेर झारो टार्न खोजेको आरोप स्थनियले लगाएका छन् ।
Post a Comment