Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सीमाङ्कनसहितको संविधान आउन सक्ने – नेत्री कोइराला

विराटनगर, १ साउन । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सीमाङ्कनकै कारण संविधान जारी गर्ने समय लम्ब्याउन नहुने धारणा राख्नु भयो ।

मुलुकमा सङ्घीयता नआउने विषयमा शङ्का नगर्न आश्वस्त पार्दै नेत्री कोइरालाले संविधानका कतिपय विषयमा आपूmहरुलाई पनि चित्त नबुझेको र आवश्यक परेको खण्डमा भविष्यमा संविधान संशोधन हुन सक्ने स्पष्ट पार्नुभयो ।

उहाँले आव ०७२÷७३ को बजेटमा तनहुँस्थित गिरिजाप्रसाद कोइराला अस्पतालका लागि रकम नछुट्याइएकोमा अर्थमन्त्रीप्रति आक्रोश व्यक्त गर्नुभयो ।

उहाँले नेपाली काँग्रेसको महाधिवेशनमा सुशील कोइराला पुनः पार्टीको सभापति पदमा उठ्नुभएन भने आपूm सभापति पदमा उठ्ने स्पष्ट पार्नुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget