Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यातायातका कर्मचारी ३८ हजार घुससहित पक्राउ

भीमदत्तनगर, १० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरको एक टोलीले आज यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय सहयोगी भीमराज भट्ट नगदसहित कार्यालयबाट पक्राउ परेका हुन् । अख्तियारका क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले विशेष सूचनाका आधारमा सेवाग्राहीबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो । सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकालाई पास गरिदिने भन्दै रकम लिएको बताइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget