Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एमाले मोरङमा गुटबन्दी






विराटनगर,  असार २१/




आइतबार विराटनगरमा नेकपा एमाले पार्टी निकट मदन भण्डारी स्मृति फाउन्डेसनको कार्यक्रम । फाउन्डेसनको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्न विराटनगर आइपुगेका पार्टी अध्यक्ष तथा प्रमुख अतिथि केपी ओली । 

कार्यक्रमा उपाध्यक्ष विद्यादेवी भण्डारी लगायतका  अन्य नेताहरुको सहभागिता । पार्टी अध्यक्ष लगायतका शिर्ष नेताहरुको उपस्तिथिमा भएको कार्यक्रममा स्वाभाविक रुपमा सबै तहका नेता कार्यकर्ताको उपस्थिति हुनुपर्ने तर आइतबार भएको कार्यक्रममा त्यस्तो देखिएन ।


    अध्यक्ष केपी ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधव नेपाल समूहबीच बढेको विवादले समानान्तर गतिविधिको रूप केन्द्रमा मात्र होइन जिल्ला तहमा देखिन थालेको छ । आइतबार विराटनगर विमानस्थलमा अध्यक्ष ओली ओर्लदा केन्द्रीय सदस्य तथा कोशी अञ्चल ईन्चार्ज जीवन घिमिरे र जिल्ला अध्यक्ष महेश रेग्मी स्वागतमा गएनन् नै, फाउन्डेसनको अन्तरसंवाद कार्यक्रमापनि देखिएनन् । रेग्मी विराटनगर मै थिए भने घिमिरे व्यक्तिगत कामले झापामा थिए । कार्यक्रमबारे विराटपथले जिज्ञासा राख्दा घिमिरेले भने – ‘मलाई कार्यक्रमको बारेमा जानकारी नै थिएन ।’ घिमिरे र रेग्मी दुबै नेपाल–खनाल पक्षधर हुन् । फाउन्डेसनको पूर्वाञ्चलस्तरीय कार्यक्रममा ओली पक्षका कार्यकर्ताहरुमात्रै थिए । खनाल–नेपाल पक्षधर अनुपस्थित कार्यक्रममा अध्यक्ष ओलीले कटाक्षसमेत गर्न भ्याए । ‘केपी ओलीलाई अध्यक्ष दिँदा एमाले ध्वस्त हुन्छ भन्नेहरू धेरै देखिएका थिए,’ जिल्ला तहमा गठन गरिएको फाउन्डेसनको कार्यक्रममा ओलीले भने, ‘खै केही भएन । बरु केपी ओली अध्यक्ष भएपछि संविधान निर्माणको काम पो साकार भइरहेको छ ।’

उनका अनुसार आइतबारको कार्यक्रममा पनि जानकारी थिएन । ‘अध्यक्ष कमरेड पार्टी कार्यालयमा पनि आउनुभएन,’ उनले भने, ‘उहाँले त पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने हो तर एकपक्षीय भेलालाई सम्बोधन गर्नुभयो, अब कसले गुटबन्दी ग¥यो भन्ने ?’

अध्यक्ष ओलीको आफूपक्षधरको छुट्टै भेलाले पार्टीलाई झन् कमजोर बनाउने दिशातर्फ लगेको रेग्मीको भनाइ छ ।

गत असार ४ गते फाउन्डेसनको मोरङ कमिटी गठन गरिएको थियो । ओलीपक्षधर नेता घनश्याम खतिवडाको नेतृत्वमा बनेको यो कमिटीमा खनाल–नेपाल पक्षधर कार्यकर्ता छैनन् । यो कमिटी गठन गरेपछि ओलीपक्षधर र खनाल–नेपाल पक्षधरबीच पानी बाराबारको स्थिति सिर्जना भएको छ । खनाल–नेपाल पक्षधरका अनुसार फाउन्डेसन एकपक्षीय रुपले ओली पक्षले गठन गरेको आरोप अर्को पक्षको रहेको छ । यो गठन गर्दा जिल्ला अध्यक्ष रेग्मीसहित सचिवालयलाई जानकारी दिइएको थिएन । गठनका विषयमा रेग्मीले भने, ‘मेरो नेतृत्वको पार्टी र सचिवालय कसैलाई जानकारी नदिइकन फाउन्डेसन गठन गरियो ।’


 -biratpath

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget