Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोरङ कांग्रेसको सचिवमा उम्मेदवारहरुको भिड

विराटनगर,  असार २१/

मोरङ कांग्रेसको सचिवमा उम्मेदवारी दिनेहरुको भिड बढेको छ । मजदुर नेता जनार्दन निरौलाले पछिल्लो पटक उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा उदाएका निरौला पंचायतकालमा भूमिगत रहेर सक्रिय थिए । हाल नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय उपमहासचिव रहेका निरौला ०४६ सालको जनआन्दोलनपछि केही गोरखापत्रमा पत्रकारिता पनि गरेका थिए । उनी त्यो बेला पार्टीको संस्थापनसित निकट थिए । लामो समयदेखि पार्टीभित्र न्याय नपाएपछि निरौला संस्थापन पक्षबाट टाढिएका थिए ।
पार्टीभित्र शेरबहादुर देउवा खेमालाई प्रतिनिधित्व गर्ने निरौला अमृत अर्यालको कार्यसमितिमा प्रचार संयोजक हुन ।
सचिवमा मानबहादुर लिम्बू, राजु मास्के, उद्धव कोइराला, महेन्द्र सुवेदी, रामनारायण मण्डललगायत झण्डै एक दर्जनले उम्मेदवारी घोषणा गरिसकेका छन् । सचिवमा खडा हुन कुनै पनि उम्मेदवारले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुपर्छ । कतिपय उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिमै चिप्लने सम्भावनालाई पनि कार्यकर्ताहरुले बहसको विषय बनाइरहेका छन् । निर्वाचनमा एक सचिव निर्वाचित हुन्छन भने एकजनालाई सभापतिले मनोनित गर्छन् । गएको अधिवेशनमा बाबुराजा ओझा सचिवमा विजयी भएका थिए र, सभापति अमृत अर्यालले यदुकुमार विष्टलाई मनोनित गरेका थिए ।

जिल्ला कोषाध्यक्ष पदका लागि भने अहिलेसम्म खुलेर नाम बाहिर आएको छैन । निर्वाचनको समय नजिक आएसँगै पार्टीभित्र नेताहरुको गुटवन्दी, आपसी द्धन्द्ध अनि प्रचारले तिब्रता पाएको छ ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका डिगबहादुर लिम्बू , अमृत अर्याल, मदन संग्रौलाहरुले अहिलेसम्म सचिव, कोषाध्यक्षको प्यानल बनाएका छैनन् । यसका लागि केन्द्रीय नेताहरुसित नियमित रुपमा संवाद भइरहेको र एक हप्तापछि प्यानल र गुटगत समूहको दृश्य बाहिर आउने सम्भावाना देखिन्छ ।
‘आफू विजयी हुनका लागि कुनै पनि गुट र समूहमा लाग्ने सम्भावना यसपटक बढी देखिएको छ’ कांग्रेसका एक विश्लेषकले न्यू सृष्टि दैनिकलाई भने, ‘देउवाका मान्छे कोइरालामा जाने, कोइराला कांग्रेसभित्रकै विभिन्न गुटमा समेत ‘उधरको इधर, इधरका उधर’ हुने सम्भावना छ ।’
मोरङ कांग्रेसको यसपटक हुने अधिवेशनले झण्डै १८ हजार क्रियाशिल सदस्यमध्ये झण्डै ५ हजारलाई निर्वाचित गर्ने छ । निर्वाचनको प्रचारका लागि नेतादेखि कार्यकर्ताहरुको भेलाले यतिबेला चोक–गल्लीमा खुबै चर्चा पाएको देखिन्छ । अहिलेसम्म उम्मेदवारहरु आ–आफ्नै तालमा मत माग्दै हिडेको देखिन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget