जेष्ठ २१ , काठमाडौं /
ज्ञानेश्वर नजीकै पुग्दा एक्कासी पानी पर्यो । मोटर साइकलमा सवार र पैदल यात्रुहरु सबै ओत खोज्दै लाखापाखा लाग्दै थिए तर एक महिला भने रातोपुलको नजिकै सडकको किनारमा आफ्नो काममा ब्यस्त थिइन । उनी मकै पोल्दै थिइन, आगो पानीले बुत्नै आटेको थियो उनले आफ्नो छाता खोलिन र आगोलाई ओडाइन र आफु पानीमा रुझ्दै मकै पोल्दै गइन । त्यहा पानीबाट बच्न ओत लागेका सबैको ध्यान उनैले खिचेकी थिइन । आगोमा उनले पोलिरहेको मकै एकदमै लोभलाग्दो देखिन्थ्यो ।
एकछिनमा पानी आउन बन्द भएपछी त्यहा ओत लागेका मध्य धेरै जसो मकै किन्न गए । उनी मकै बेच्दै पैसा चोलीको जेब भित्र राख्दै गैरहेकी थिइन । एक्कासी पछाडि बाट आवाज आयो कसलाई नियाल्दै हो सर? पछाडि फकिर्एर हेर्दा एकजना ४५–५० बर्ष जतिको उमेरका एक ब्यक्ती रहेछन । उनी त्यही छेउमा मेडिकल ब्यवसाय गर्दै आएका रहेछन । त्यसपछि उनले भने यी बुढी आमाको नाम कान्छि मगर्नी हो । यिनी उ त्यो पुल तल बस्छिन, रातोपुलको तल बसेको १५ बर्ष हुन लाग्यो । त्यसपछि कान्छी मगर्नीको ब्यथा बुझ्न मनलाग्यो ।
उनका सारा कुरा सुनेपछी मलाई उनको बारेमा केही लेख्न मन लाग्यो । आखिर को हुन त कान्छि मगरनी, कसरी रातोपुलको फोहरको डंगुरमा बस्न पुगिन उनी । यस्ता प्रश्नले मलाई घोचिरहेको थियो । उनको जिवन भोगाई पिडादायी रहेछ ।
ज्ञानेश्वर नजिकैको रातोपुल नजिक बस्छिन कान्छि मगर्नी । रातोपुल यात्रुहरुको लागि मात्र पुल होला तर कान्छी मगर्नीको लागि त्यही पुल बस्नको लागि घर बनेको छ अहिले । ७० बर्षिया कान्छि मगर्नीको जीवन बाँच्नको लागी आधार बनेको छ रातो पुल ।
हो त्यही रातोपुल जहाँबाट प्रधानमन्त्री, राष्ट्रपती बिदेशबाट आउँदा र जाँदा त्यही बाटोको प्रयोग गर्छन ।
कान्छि मगर्नीको जन्म धुलिखेलमा भएको थियो । उनका बाबु आमा सामान्य घरपरीवारका थिए । त्यो जमानामा छोरीको जती छिटो विवाह हुन्थ्यो त्यती सामाजिक प्रतिष्ठा बड्न जान्थ्यो रे । तर २० बर्ष सम्म पनी कान्छि मगर्नीलाई विबाह गर्नको लागी कोही पनि माग्न नआएपछी कान्छि मगर्नी २० बर्षको हुँदा सम्म बिहे नगरेर बसीन रे । तर २१ बर्षको उमेर पुग्दा भने कान्छि मगर्नीको विवाह भयो ।
विवाह पछि १ छोरा १ छोरी भए तर श्रीमानले रक्सी खाएर दु:ख दिन थाले उनलाई । जसोतसो गरेर उनले छोरोलाई पढाईन र छोरीलाई हुर्काइन । श्रीमानले जाँड रक्सी खान र जुवातास खेल्न भएका सबै सम्पत्ती बेचेर सिद्दाए । कान्छि मगरनीको दु:खका दिनहरु सुरु भए श्रीमान विवाह गरेको १० बर्ष पछी मरेर गए । छोरा छोरीलाई जसो तसो पढाईन छोरीको विवाह गरिन ।
तर दैबको लीला छोराको २५ बर्र्षको उमेरमा नसाको रोग लागेर मृत्यु भयो । छोरो त मरेर गयो त्यहि माथि बिहे गरेर गएकी छोरीको मानसिक सन्तुलन हरायो । त्यस पछी उनकी छोरीलाई श्रीमानले नातिनी सहित घरबाट निकाले ।
त्यसबेला सम्ममा कान्छिका सबै सम्पत्ती सिद्दीसकेका थिए, अब नातिनी र मानसिक सन्तुलन गुमेकी छोरीलाई कहाँ लैजाउँ? के गरौ? भन्ने भयो रे कान्छिलाई, उनलाई आत्महत्या गर्ने मन पनि लाग्यो रे तर छोरी र सानी नातिनिलाई कसले हेर्ला भनेर उनले त्यो बिचार त्यागिन र करीब १ महिना सडकमा सुतेर बिताइन ।

उनी दिनभरी फोहर बटुलेर बेच्ने गथिर्न अनी राती सडकमा सुत्ने गथिर्न । त्यही बेला उनी रातोपुलमा फोहर बटुल्न आएको बेला त्यहाँ ४ वटा फालेका टिनका पाता भेटिन र त्यही पाता देखेपछी उनलाई बाँच्न सक्ने आसा जाग्यो रे । त्यस पछी उनले आँफै टिनलाई बेरेर बस्न मिल्ने बनाइन । अहिले त्यही रातोपुल उनको घर बनेको छ । आफ्नो र आफ्नी छोरीको पेट पाल्न उनी मकै बेच्ने काम गर्छिन । धोबीखोलाले बगाएर ल्याएका काठहरु खोजेर सुकाउने उनको दिनचर्या नै भएको छ ।
दिउँसो भरी काठहरु सुकाइसके पछी उनी साँझ त्यही रातोपुलको छेउमा रहेको सडकमा बसेर मकै पोल्ने गर्छिन । कान्छीलाई दाउरा नपाउनाले भने साह्रै चिन्तित बनाएको छ । उनी भन्छिन,“पहिला पहिला धोबीखोलामा दाउरा काठहरु बगेर आउँथिए तर अहिले गन्नाउने पानी मात्र बग्ने गर्छ“।
कान्छीले आफ्नी नातिनिलाई एउटा संस्थाले राखेर पढाइदिएकोले आफुलाई नातिनिको चिन्ता भने नरहेको बताउछिन् । उनी भन्छिन , ’मेरी नातिनी भोलि गएर ठुलि मान्छे बन्छे होली, आफु बुढो भइयो तर पनि म २ हफ्तामा एक चोटि नातिनिलाई भेट्न जान्छु’।
कान्छीका अनुसार पहिले उनकी छोरी ठीक हुँदा सम्म घरपरिवारले घरमै राखेर पढाएका थिए रे तर जब उनकी छोरी बिरामी भईन तब उनका ज्वाँइले छोरीलाई र नातिनी दुबइलाई घर बाट निकाले रे । त्यसपछी नातिनिलाई आँफैसँग राखिन कान्छीले तर छोरी धेरै बिरामी हुन लागेपछी भने उनको दु:ख देख्न नसकेर मैतिदेवीकै कुनै भलो मानिसले नातिनिलाई संस्थामा राखिदिएका छन् । अहिले कान्छीलाई नातिनीको कुनै चिन्ता छैन तर छोरीको उनलाई धेरै चिन्ताले सताउँछ । आफु मरेर गएपछी छोरीलाई कसले हेरिदिने हो कसले खाना खुवाइदेला भन्ने चिन्ताले कान्छीलाई रात भरी निद्रा लाग्दैन् ।
कान्छी मगर्निको आर्को एउटा ठुलो इक्षा छ, भन्छिन,“म मर्न भन्दा पहिला गगन थापालाई भेट्न चाहन्छु“। कान्छीले आफ्नो चोलिको छेउमा रहेको जेब भित्र एकदमै जतनका साथ राखेको एउटा सानो कागजको टुक्रा निकालेर देखाइन । त्यहा गगन थापा सभासद ज्यु भनेर लेखिएको छ ।

कान्छीका अनुसार उनी ज्ञानेश्वर वडा कार्यालय भुकम्प पछी गईन रे । उनको घर नभएकोले उनले केहीपनी राहात पाईनन् तर त्यहाँका हकिमहरुलाई मलाई कसले सहयोग गर्न सक्छ भनेर सोधिछिन । वडा कार्यालयका कर्मचारीले उत्तर दिए छन् तिमीलाई तिम्रो छिमेकि नेपाली कांग्रेसका सभासद गगन थापाले सहयोग गर्न सक्छन ।
उनको बुझाईमा गगन थापा सहृदयी र सहयोगी भावका नेता हुन र थापाले उनलाई सहयोग गर्न सक्छन् भन्ने विश्वास रहेको छ। वडा कार्यलयबाट पाएको गगन थापाको नाम लेखिएको कागजको टुक्राले उनलाई गगन थापालाई भेटाउन मदत गर्नेछ भन्ने विश्वास झल्किन्छ।
आज विश्व २१ औ सदिमा हिँडिरहेको छ। चन्द्रमामा पनि मानिस पुगेको दसकौँ भइसक्यो । नेपाल पनि प्रगती पथमा लम्कदै छ तर कान्छी जस्ताको जीवन अझै अध्यारोमै रुमल्लीरहेको छ ।
Post a Comment