Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विद्युत् अवरुद्ध हुँदा तीन दिनदेखि खोटाङ अन्धकार

खोटाङ, १५ साउन । तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा खोटाङ अन्धकार भएको छ । उदयपुरको जलजलेदेखि दिक्तेलसम्मको ११ केभी प्रसारणलाइन मङ्गलबार साँझदेखि अवरुद्ध हुँदा जिल्लाको दश हजारभन्दा बढी घरधुरी अन्धकारमय भएको हो ।

विद्युत् प्राधिकरण खोटाङका निमित्त प्रमुख धनबहादुर अधिकारीले भन्नुभयो, “प्राविधिक टोली खटाएको छ, लगातारको वर्षाका कारण अहिलेसम्म फल्ट नै पत्ता लागेको छैन ।” स्थानीय उपभोक्ताले भने विद्युत् प्राधिकरणको बेवास्ताका कारण अवरुद्ध भएको तीन दिन बितिसक्दा पनि नबनाएको आरोप लगाएका छन् ।

जिल्लामा विद्युत् नहँुदा व्यापार–व्यवसायसमेत घटेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सञ्चारमाध्यमदेखि लिएर फोटोकपी, उद्योग, कलकारखानामा समेत असर परेको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिएको छैन ।”

विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी कार्यालयको काममा समेत असर परेको निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारे प्राधिकरणलाई ताकेता गरिरहेको छु, सम्भवतः भोलिसम्ममा बनाउँछ होला !” विद्युत् अवरुद्ध भएपछि जिल्लामा सञ्चालित बैंक तथा वित्तीय कारोबार अवरुद्ध भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget