Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रहरीले मलाई सलाम ठोक्न छाड्यो: गृहमन्त्री

 प्रकाश ढुंगाना काठमाडौं, असार १९







उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका उच्च र तल्लो दर्जाका कर्मचारीले आफूलाई सलाम गर्न छाडेको भन्दै गुनासो गरेका छन्। रानीबारी हत्या काण्डको सफल अनुसन्धान गर्ने सिआइबीका प्रहरी अधिकारीहरुलाई सम्मान गर्न गृह मन्त्रालयमा आयोजित कार्यक्रममा शुक्रबार मन्त्री गौतमले नेपाल प्रहरीमा चेन अफ कमाण्ड भन्ने चिज नै नभएको भन्दै आक्रोश पोखे। कार्यक्रममा सहभागी एक उच्च प्रहरी अधिकारीले गृहमन्त्रीको भनाई उद्धृत गर्दै सेतोपाटीसँग भने,‘आफूले जस्तोसुकै निर्देशन दिएपनि नेपाल प्रहरीले अटेर गर्ने गरेको छ।’

नेपाल प्रहरीमा गृहमन्त्रीलाई टेर्ने वातावरण नभएको भन्दै मन्त्री गौतमले प्रहरी संगठन नै लथालिङ भएको आरोप लगाएको अर्का उच्च प्रहरी अधिकारीले बताए ।

‘इलाका प्रहरी कार्यालय निरीक्षण गर्ने क्रममा पनि तल्ला दर्जाका प्रहरीले आफूलाई सलाम नै गर्न छाडे,’ गृहमन्त्रीलाई उद्धृत गर्दे ती प्रहरी अधिकृतले भने, ‘तल्ला दर्जाका प्रहरीहरू आइजी नै सर्वस्व हो भन्ठान्छन् नेतृत्वले जे सिकायो उनीहरुले त्यही गर्ने त हो।’

आफूलाई प्रहरीले गन्न छाडेपछि डर लागेर आफू प्रहरी चौकीको निरीक्षणमा जानै छाडेको गृहमन्त्रीले खुलासा गरे।

’आइजीलाई सलाम गर्दा कारबाहीमा पर्ने, तर गृहमन्त्रीलाई सलाम नगर्नेलाई कारबाही गर्न हिचकिचाउने प्रवृत्ति प्रहरी संगठनमा हाबी भएको छ,’ गृहमन्त्रीको आक्रोश उद्धृत गर्दै अर्का प्रहरी अधिकृतले सेतोपाटीलाई भने।

१२ वर्ष अघिको रानीबारी हत्याकाण्डका अभियुक्तलाई पक्रने टिमलाई पुरस्कृत गर्न आयोजना गरिएको कार्यक्रमा गृहमन्त्रीले रानीबारी हत्याकाण्डको अनुसन्धानकै आलोचनासमेत गरे।

‘योजनाबद्ध ढंगले काम गरेर पक्राउ परेको हो कि काकताली परेको हो?’ गृहमन्त्रीले प्रश्न गरे।

मन्त्री गौतमले भाषणको अधिकांश समय नेपाल प्रहरीको आलोचनामा खर्चिएका थिए। ‘गृहमन्त्रीज्यूले आज ट्रयाकभन्दा बाहिर गएर नेपाल प्रहरीको आलोचना गर्नुभयो,’ कार्यक्रममा सहभागी ती प्रहरी अधिकारीले भने, ‘प्रहरीसँगको रिस गृहमन्त्रीले राम्रैसँग पोख्नुभयो।’

नेपाल प्रहरीले काम नगरेको भन्दै मन्त्री गौतमले प्रहरी संगठनको आलोचना पनि गरे। ‘डेटिङ गएका युवायुवती पक्रने काम मात्र नेपाल प्रहरीले गर्छ,’ उनले भने, ‘राम्रो काम गर्दैन।’

प्रहरी सरुवा बढुवा, बस्दोबस्तीको साम्रगी खरिद प्रक्रिया, सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने लगायतका विषयमा मन्त्री गौतम र प्रहरी हेडक्वार्टरबीच तीव्र मतभेद रहेको छ।

नेपाल प्रहरीको तिब्र विरोध हुदाँहुदै गृहमन्त्रालयको प्रस्तावमा हालै मन्त्रिपरिषदले  सशस्त्र प्रहरीलाई उसले पक्रिएका अभियुक्तलाई पक्राउ पुर्जी दिने अधिकार दिएको थियो। योभन्दा अगाडि पक्राउ पुर्जी जारी गर्ने अधिकार नेपाल प्रहरीलाई मात्रै थियो।

सशस्त्रले गस्तीका क्रममा पक्रिएका व्यक्तिलाई सिधै नेपाल प्रहरीलाई बुझाउने गर्थ्यो। गृह मन्त्रालयले रानीबारी हत्या काण्डको सफल अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीसहित चारजना प्रहरी अधिकृतलाई सम्मान गरेको थियो। प्रहरी नायव महानिरीक्षक ठकुरीलाई नगद ३० हजार, प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहाललाई २५ हजार र प्रहरी निरीक्षकद्धय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई जनही २२ हजार रूपैया तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

२०५९ असार ३१ गते भएको काठमाडौँ महानगरपालिका–३ रानीवारीमा बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र श्रीमती अञ्जलीको हत्यामा संलग्न अभियुक्तहरु रामेछापका ३२ बर्षीय प्रमेश चौहान र दोलखाका ३० बर्षीय मनराज गुरुङलाई गत बर्ष फागुनमा पक्राउ गरिएको थियो।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget