Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेपाली ​काँग्रेसको सभापतिमा देउवा तेस्रोपटक उठ्ने तयारीमा ; माग्न थाले भोट

काठमाडौं , असार २८ /
आगामी असोजमा हुने नेपाली काँग्रेसको महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवाले उमेद्वारी दिने तयारी गर्नुभएको छ। आगामी असोजमा हुने पार्टीका महाधिवेशनका लागि पार्टी सभापति उठ्ने तयारीमा रहनुभएका देउवाको यो पटकको उमेदवारी तेस्रोपटकको हुनेछ। नेपाली काँग्रेस प्रजातान्त्रिक बनाएर पार्टी सभापति भएपनि एकिकृत पार्टीको देउवा सभापति हुनुभएको छैन। पार्टी फुट्नुअघी तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिष्पर्धा गरेर पराजित हुनुभएका देउवा पार्टी एकिकरण पछि भएको महाधिवेशनमा भने वहालवाला पार्टी सभापति शुसिल कोइरालासँग पराजित हुनुभएको थियो।

महाधिवेशनको तयारी शुरु हुनै लाग्दा नेता देउवाले महाधिवेशनको तयारी व्यापक गर्न थालेको समाचार छ। सोमबार पार्टी निकट दलित संघले आयोजना गरेको दुई दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा देउवाले पार्टीको आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने जनाउँदै आफू दलितको अधिकारका लागि लडिरहेको उल्लेख गर्दै दलितका मुद्धाको पक्षमा उभिनेलाई नै महाधिवेशनमा सहयोग गर्न आग्रह गर्नुभएको हो।

संविधानको मस्यौदामा दलित समुदायका अधिकार पहिलेभन्दा कटौति भएको समेत जनाउँदै नेता देउवाले मस्यौदा फाइनल हुने बेलामा अरु सबै ठिक छ दलितका अधिकार कटौति भएको कुरा ठीक भएन भन्दै विरोध गरेको दावी गर्नुभयो। उहाँले दलित अधिकारका लागि आफू लड्ने पनि बताउनुभयो। दलित संघको नेतृत्वमा देउवा निकटका अध्यक्ष र पदाधिकारीहरुको वाहुल्यता छ।

यता नेपाली काँग्रेसका उपसभापति पनि पार्टी सभापतिको उमेद्वारीको तयारीमा हुनुहुन्छ भने वर्तमान पार्टी सभापति शुसिल कोइरालाको अझै उठ्ने नउठ्ने सार्वजनिक भएको छैन।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget