नेपाली कांग्रेसको १३ औ महाधिवेशन नजिकिए संगै मोरङ जिल्लामा जिल्ला अधिवेशनको चहलपहल वढ्न थालेको छ । अधिवेशन नजिकिए संगै नेताहरुले कार्यकर्ता भेटघाट तथा उमेद्धवारी घोषणामा व्यस्त हुन थालेका छन् ।

कांगे्रस मोरङका पुर्व अध्यक्ष डिगबहादुर लिम्वुले सभापतिका लागि पुनः उमेद्धवारी दिने निश्चित भएको लिम्बु निकट मोरङ कांग्रेसका एक नेताले जानकारी दिएका छन् । लिम्बु पाटी विभाजन भएको बेला मोरङ कांग्रेसमा प्रजातान्त्रिक तर्फका सभापती हुनुहुथ्यो ।
मोरङका सिंहदेवी गा.वि.स.मा जन्मनु भएको लिम्बु लामो समय सम्म शिक्षण पेशामा रहनु भएको थियो । शिक्षण पेशा लाई विचमै छाडेर राजनिती तर्फ मोडिनु भएका लिम्बु मोरङ क्षेत्र नं. ९ वाट दोस्रो संविधान सभाको निर्वाचनमा एकिकृत नेकपा माओवादीका प्रभावशाली नेता तथा पुर्व अर्थमन्त्री बर्षमान पुनलाई पराजित गर्दै चर्चा बटुल्नु भएको थियो ।

मोरङमा सबै जनाता माझ लोक प्रिय नेताको रुपमा छवि बनाउन सफल लिम्बु मोरङ कांग्रेसको अहिलेको अधिवेशन बाट सर्वसम्मत हुने सम्भावना प्रवल रहेको एक नेताले बताएका छन् । बर्तमान मोरङ कांग्रेस सभापती अमृत अर्याल शेरबहादु देउवा निकट भए पछि अर्यालको सहयोग पनि लिम्बुलाई नै जाने भएकोले पनि लिम्बु सर्ब सम्मत सभापति हुने अनुमान मोरङ कांग्रेसीहरुले गर्न थालेका छ्न् । कांग्रेस मोरङको सभापतिमा यस अघि नै मदन संग्रौलाले सभापतिमा उढ्ने घोषणा गरेका छन् ।
Post a Comment