Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पुनःनिर्माण प्राधिकरणलाई कार्यान्वयनमा ल्याउन एडिबीको आग्रह

काठमाडौँ, ११ साउन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पूर्ण कार्यान्वयनमा ल्याएर भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउन एसियाली विकास बैंक(एडिबी)ले आग्रह गरेको छ ।

एडिबी ऋण तथा अनुदानमा देशका विभिन्न भागमा सञ्चालित विकास परियोयोजनको समीक्षा बैठकमा सहभागीले पुनःनिर्माणका कार्यक्रमको कार्यान्वयनमा सहजकर्जाको भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरेको हो । अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आज आयोजना गरेको बैठकमा क्षेत्रगत परियोजनाको समीक्षा गर्दै ऊर्जा, यातायात तथा सञ्चार, खानेपानी र सहरी पूर्वाधार तथा सेवा, कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास र भूकम्पछिको पुनःनिर्माणमा थप सुधार गर्दै लैजानुपर्नेमा जोड दिइएको थियो ।

बैठकका अध्यक्ष एवम् अर्थ सचिव सुमनप्रसाद शर्माले पुनःनिर्माणसँग सम्बन्धित कार्यक्रमलाई अगाडि बढाउन सरकारले तयारी गरिरहेको र एडिबीको सहयोगमा सञ्चालित परियोजना थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो । एडिबीको ऋण तथा अनुदानमा सञ्चालित परियोजनाको नतिजा उत्कृष्ट हुन नसक्नुमा सरकार, परियोजना प्रबन्धक एवम् लगानीकर्ताको संयुक्त जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले त्यसलाई अगामी दिनमा सुधार गर्ने विश्वास दिलाउनुभयो ।

बैठकका सहअध्यक्ष तथा एडिबी दक्षिण एसिया क्षेत्रीय विभागका महानिर्देशक हुन किमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पूर्ण कार्यान्वनमा ल्याउन ढिलाइ भएको भन्दै भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित कार्यक्रमलाई अगाडि बढाउन आग्रह गर्नुभयो । एडिबीले लगानी गरेका परियोजना समयमै सम्पन्न नभएको भन्दै उहाँले आगामी दिनमा नतिजा नदिने त्यस्ता योजनाबाट एडिबीले लगानी फिर्ता गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख तथा सहसचिव मधुकुमार मरासिनीले आगामी दिनमा सञ्चालित परियोजनाबाट स्पष्ट नतिजा प्राप्त गर्नका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । नेपालका लागि एडिबीका देशीय निर्देशक किनिची योकोयामाले एडिबी ऋण तथा अनुदानमा देशका विभिन्न भागमा सञ्चालित विकास परियोजनाको समीक्षाबाट विगतको तुलनामा केही सुधार आएको उल्लेख गर्दै आगामी दिनमा अझै क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो ।

बैठकमा नेपाल कार्यक्रम व्यवस्थापन शाखाका प्रमुख टीका लिम्बूले एडिबीको ऋण तथा अनुदानमा ३८ वटा परियोजना सञ्चालन भइरहेको जानकारी दिँदै आगामी दिनमा कार्यान्वयनको क्षमता विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget