Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्पबाट पीडितका लागि गरिबी निवारण कोषको सहयोग

काठमाडौँ, ११ साउन । गरिबी निवारण कोषले गत वैशाख १२ गते आएको भूकम्पबाट पीडितका लागि रु २२ लाख ५३ हजार ७०६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
यो सहयोग रकममध्ये कोषका कर्मचारीहरुको तर्फबाट रु एक लाख ४४ हजार जम्मा गरिएको र बाँकी रकम कोषसँग सम्बन्धित सहयोगी संस्थाहरु तथा गरिबहरुका सामुदायिक संस्थाहरुबाट सङ्कलन गरिएको हो ।
उक्त सहयोग रकम आज कोषका उपाध्यक्ष युवराज पाण्डेले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नु भएको हो ।
यसबाहेक गरिबी निवारण कोषले भूकम्पले वढी प्रभावित कोषका १२ कार्यक्रम जिल्लामा पीडितका लागि भौतिक पूर्वाधार जीर्णाेद्वार तथा निर्माण, घुम्ती कोषको पुनःव्यवस्थापनलगायत विभिन्न तालिमहरुका कार्यक्रमहरु पनि सञ्चालन गर्ने तयारी गरिरहेको कोषद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget