Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

डिगबहादुर लिम्बुको उमेद्धवारी पक्का

विराटनगर ,साउन १४।
जनतामाझ अत्यन्तै लोकप्रीय नेता डिगबहादुर लिम्बुले मोरङ कांग्रेसको सभापतीको उमेद्धवारी पक्का हुने बताउनुभएको छ ।
कांगे्रसको १३ औ महाधिवेशन नजिकिए संगै विहिवार पत्रकार संग कुरा गर्दै मोरङ जिल्लामा लिम्बुको उमेद्धवारी पक्का भएको बताउनु भएको हो । लिम्बुको आवश्यकता मोरङ जिल्लाका कार्यकर्ताले गरिरहेको बेला उमेद्धवारी घोषणा हुनुले कार्यकर्तामा उल्लास छाउन थालेको छ ।
लिम्बुको उमेद्धवारी पक्का भए संगै काग्रेस मोरङमा नयाँ कोणबाट सवै नेताकार्यकर्ताहरुलाई मिलाएर लानेमा कार्यकर्ता ढुक्क छन् ।
कांग्रेसका लामो राजनीति गरे संगै अबको नेतृत्व लिम्बुले सम्हाल्नुको विकल्प नभएको कार्यकर्ताको भनाई छ । लिम्बु मोरङ कांग्रेसका सबै नेता कार्यकर्ता माझ लोकप्रीय रहेको कांग्रेसका एक नेताले बताएका छन् ।
मोरङको सिंहदेवी गाविसमा जन्मेर मोरङ जिल्लामा उत्कृष्ट राजनीति गरिरहेका लिम्बु कार्यकर्ताको भावनालाई उच्च कदर गर्न सक्ने नेताको रुपमा परिचित हुनुहुन्छ ।
सादा जीवन उच्च विचारको उक्तीलाई आत्मसात गर्ने लिम्बु प्रजातन्त्र शेनानीका पुत्र समेत हुनुहुन्छ । मोरङ जिल्लाको समग्र विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरिसक्नु भएका लिम्बु समापती पछि कांगे्रसलाई विसुद्ध रुपमा सम्पुर्ण जनताको रोजाईको पाटी बनाउन जोड दिने बताउनहुन्छ ।

लामो समय शिक्षण पेशामा आवद्ध रहनुभएको लिम्बुले हाल राजनीतिमा पुरा जीवन लगाउनु भएको छ । संविधान सभाको दोस्रो निर्वाचनमा नेकपा माओवादीका नेता बर्षमान पुन तथा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै मोरङ क्षेत्र नं. ९ बाट संविधान सभाको सदस्य रहनुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget