Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पाँच वर्षदेखि बिनापारिश्रमिक क्याम्पस पढाउँदै प्राध्यापक


पानीट्याङ्की (मोरङ), १७ असार । विद्यालय र कलेजमा पढाउँदा योग्यता अनुसारको पारिश्रमिक नपाएको धेरै शिक्षक÷प्राध्यापकको गुनासो हुने गरेको छ । तर मोरङ बेलबारीका एक प्राध्यापकले चाहिँ पाँच वर्षदेखि पारिश्रमिक नलिइकन क्याम्पसमा पढाइरहनुभएको छ ।raj kumar limbu


बेलबारी–३ का समाजसेवी ५० वर्षीय राजकुमार लिम्बूले बेलबारी क्याम्पसमा २०६८ सालदेखि बिनापारिश्रमिक पढाइरहनुभएको हो । क्याम्पस प्रशासनले पटकपटक पढाएको पारिश्रमिक लिन आग्रह गर्दा पनि प्राध्यापक लिम्बूले पारिश्रमिक लिन चाहनुभएको छैन ।

अर्थशास्त्र विषयका प्राध्यापक लिम्बूले आफू समाजसेवी भएकाले क्याम्पसमा पढाएको पैसा लिनुभन्दा बरु आर्थिक अवस्था कमजोर भएको क्याम्पसलाई नै सहयोग पुगोस् भनेर पारिश्रमिक नलिएको बताउनुहुन्छ । उहाँले क्याम्पसमा पढाउन्जेल आफूले कुनै पारिश्रमिक नलिने घोषणा पनि गर्नुभएको छ ।


धनकुटाको मौनाबुधुकबाट एसएलसी उत्तीर्ण गरी वैदेशिक रोजगारमा झन्डै दश वर्ष जापानमा बिताउनुभएका लिम्बूले फर्केर आएपछि ३७ वर्षको उमेरमा मात्र क्याम्पस पढ्न थाल्नुभएको हो । अर्थशास्त्रमा एमए गरेपछि उहाँले बेलबारी क्याम्पसमा बिनापारिश्रमिक पढाउन थाल्नुभएको हो ।


समाजसेवा भनेपछि हुरुक्क हुने प्राध्यापक लिम्बू नेपाली काँग्रेस बेलबारी नगर सभापति र लायन्स क्लब बेलाबारीका अध्यक्ष, बेलबारी क्याम्पस सञ्चालक समिति सदस्य तथा बेलबारीस्थित बेतना एफएम रेडियोका अध्यक्ष पनि हुनुहुन्छ । रासस

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget