Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अपाङ्गता भएकालाई परिवारलाई घर निर्माण हुँदै

 

पथरी (मोरङ), १८असार । मोरङको इटहरा–५ का गुरागार्इँ परिवारले ईटहरा–५ का सिक्कीमेटोलमा पाँच जना सुस्तमनस्थितिका छोराछोरी भएका ढुङ्गाना परिवारलाई पक्की घर बनाइदिने भएका छन् ।

तुलसीराम ढुङ्गाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीको लागि इटहरा, चार भौडाहाका कमलादेवी गुरागाई र डिल्ली गुरागार्इँले घर बनाइदिने हुनुभएको हो ।

विदेशमा रहेको छोरा सूर्य गुरागाईँको सहयोगमा हामीले आठ लाख मूल्य बराबरको घर बनाउन सुरु गरेका बाबु डिल्लीले जानकारी दिनुभयो । बरन्डासहित तीनकोठे टिनको छाना लगाएर पक्की घर बनाउन सुरू गरिएको छ ।

ढुङ्गाना दम्पत्तिका छोरीछोरी ३७ वर्षीया निर्मला, ३५ वर्षीय निर्मल, ३१ वर्षीय उमेश, २२ वर्षीया पार्वता र २० वर्षीया गोमा जन्मजात सुस्तमनस्थिति जन्मिएका हुन ।

 

शारीरिक तथा मानसिकरूपमा समेत अपाङ्गता भएका तुलसीराम र सृजना ढुङगानाका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनवारले खाने बस्तु नचिन्ने, घरका सामान तोड्फोड् गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसापिसाब गरेको पनि थाहा नपाउने आमा सृजना ढुङ्गानाले बताउनुभयो ।

पाँचैजना छोराछोरी जन्मजात सुस्त मनस्थितिका हुन् । आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न । यी बिरामी दम्पत्तिले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन् । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget