Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बुबा ! के म नाजायज छोरी हुँ ?

- सुचित्रा लामिछाने


के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो  ? सन्तानको हेरचाह, लालपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन ?Suchetra1म जन्मनु अघि मेरो बुबाका पाँच छोरी थिए । पाँच छोरी जन्मिएपछि छोरो खोज्दै मेरो बुबाले कान्छी श्रीमतीको रुपमा मेरी आमालाई विवाहगर्नुभयो । २०४६ साल असार १३ गते मेरी आमा मैयाँ तिमल्सिना (लामिछाने) र गायक बुद्धिकृष्ण लामिछानेको वैदिक विधिअनुसार विवाहभयो । विवाह गरेको नौ महिनामै मेरो जन्मभयो ।
छोरा खोज्दै दोस्रो विवाह गर्नुभएका मेरा बुबाले फेरी छोरीकै रुपमा मेरो जन्महुँदा मेरो अनुहारसम्म हेर्नुभएन । छोरी भएर जन्म लिनु मेरो गल्ती हो ? आमा सुत्केरी हुँदा श्रीमानले श्रीमतीलाई गर्नुपर्ने कुनै प्रकारको सहयोग बुबाले आमालाई गर्नुभएन । सुत्केरो शरीरको स्याहार गर्ने त कुरै भएन ।

जब यो पृथ्वीमा म जन्मिए तब तब बुबाले आमालाई   छोडिदिनुभयो । म छोरोको रुपमा जन्मिएको भए आमाले बुबाको माया पाउनु हुने थियो ? मैले पनि बाल्यकालदेखि नै बुबाको न्यानो काखमा बस्न पाउने थिए ? तर जब म आमाको साँगुरो पेटबाट ठूलो पृथ्वीमा झरे तब मेरो बुबाले मेरो लिंग हेरेर आमा र मलाई बिर्सनुभयो ।

बुबाले मेरो लिंग हेरेर अनुहार नहेरेपछि मलाई बचाउने संघर्षमा मेरी आमा सुत्केरी अवस्थादेखि नै जुट्नुभयो । सुत्केरी भएको १२ दिनमै मेरी आमाले बालुवा चालेर मलाई बचाउनुभयो ।

मेरो बुबा कसैले नचिनेको व्यक्ति हुनुहुन्न । धेरैले सम्मान गर्ने गायक बुद्धिकृष्ण लामिछानेले मेरी आमालाई विवाह गरेको कुरा उनको परिवारलाई पनि थाहा रहेनछ । बुबाकी पहिलो श्रीमतीलाई समेत यो कुरा थाहा भएन । बुद्धिकृष्णले मेरी आमालाई विवाह गर्दा आफू अविवाहित भएको बताएको आमा सम्झन्नुहुन्छ ।

आमा भन्नुहुन्छ, ‘म अविवाहित हो भनेर मलाई विवाह गर्नुभएको थियो । मेरो आमाबुबाले वैदिक विधिअनुसार मेरो विवाह गुहेश्वरी मन्दिरमा गरिदिनुभएको हो ।’
बुबाले मेरो लिंग हेरेर अनुहार नहेरेपछि मलाई बचाउने संघर्षमा मेरी आमा सुत्केरी अवस्थादेखि नै जुट्नुभयो । सुत्केरी भएको १२ दिनमै मेरी आमाले बालुवा चालेर मलाई बचाउनुभयो ।

विवाहको एक वर्षसम्म मेरी आमालाई झुक्याएर विवाह गरेको कुरा थाहा भएन । जब मेरो जन्मभयो अनि बाबाले मेरो अनुहारसम्म हेर्नुभएन अनि मात्र मेरी आमालाई शंका लाग्यो । श्रीमानको व्यवहार शंकालु बन्दै गएपछि आमाले बुबाका हरेक क्रियाकलापलाई नजिकबाट नियाल्न थाल्नुभयो । बुबा जहाजहाँ जानुहुन्थ्यो आमा पनि त्यही जान थाल्नुभयो ।
म एक वर्षकी हुँदा आमाले बुबाको पहिलो श्रीमती र पाँच जना छोरीहरु भएको ठाउँ पत्ता लगाउनुभयो । मलाई काखी च्यापेर आमा भक्तपुर बागेश्वरी – ३ पुग्नुभयो । त्यहाँ बुबा पहिलो श्रीमती र पाँच छोरीका साथ बस्नुभएको थियो ।

पहिलो श्रीमती र छोरीका साथ बुबा बसेको घरमा मेरी आमा पुगेका देख्नासाथ त्यो घरमा नपस्न आमालाई बुबाले दबाब दिनुभयो । त्यो दिन सम्झिदै आमा भन्नुहुन्छ, ‘खरीपाटीसम्म गाडी चल्थ्यो । खरीपाटीबाट तिमीलाई काखी च्यापेर एक घन्टा सोध्दै खोज्दै तिम्रो बुबाको घरमा पुगेँ । घरमा पुग्नासाथ अचम्म मान्दै जाऊ जाऊ भन्नुभयो ।’

बुबाले धपाउन खोजे पनि ममीले सौता नहेरीकन त्यो घर नछोड्ने अठोट लिनुभयो । भनाभन झगडाका बीच १० दिन मेरो ममी त्यही घरमा बस्नुभयो । त्यत्तिबेला मात्र ममीले बुबाका सबै कर्तुत थाहा पाउनुभयो ।

अनि बुबाकै दिदीले आफ्नो भाइको विवाह भएको छैन भनेर विवाह गर्न बाध्य गराएको झुट समेत आमाले पत्ता लगाउनुभयो ।
मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन ।

मेरी आमालाई गायक बुद्धिकृष्णले छोरा पाउनका निम्ति झुट बोलेर विवाह गरेका रहेछन् । म छोरीकै रुपमा जन्मिएपछि मेरी ममीले बुबाको माया कहिल्यै पाउनु भएन । आज टेलिभिजन र रेडियोमा बज्न बुबाका अन्तर्वार्तामा मेरो नाम अटाउँदैन । पत्रपत्रिका र अनलाइनमा छापिएका सामाग्रीमा बुबाको सन्तानको रुपमा मेरो नाम निसाना हुँदैन । मेरी ठूली आमाका सबै सन्तान अटाउछन् तर मेरी आमा र मेरो नाम अटाउदैन ।

म छोरीको रुपमा जन्मिएपछि मेरो बुबाले आमा र मलाई अछुत बनाउनुभयो । ठूलो ममीततर्फ म जन्मिएको डेढ वर्षपछि भाइ सुवेदको जन्मभयो । त्यसपछि फेरी अर्को भाइ सचेतको जन्मभयो । मेरो जन्मछोरीका रुपमा भएपछि ममी र म बुबाको दृष्टिमा सधैँ घृणितभयौँ । बुबाले मेरो जन्मका लागि ढाटेर ममीसँग विवाह गर्नुभयो । ममीलाई कहिल्यै घरमा नपुर्याइकन बाहिर बाहिरै राखेर  गर्भवती बनाउनु भयो । त्यही गर्भबाट मेरो जन्मभयो । तर आज मेरो बुबा ममीलाई श्रीमती र मलाई छोरीको रुपमा स्वीकार गर्नुहुन्न । म सहित मेरो बुबाका आठ सन्तान हुन् । तर आज मेरो बुबा सात सन्तानको बाबु हुँ भनेर सरासर झुट बोल्नुहुन्छ ।

भर्खरै मात्र एबीसी टेलिभिजनको संगीतिक कार्यक्रम इन्द्रेणीमा कृष्ण कर्णेल सँगको कुराकानीमा मेरो बुबाले आफ्ना सातजना मात्र सन्तान भएको बताउनु भएको छ ।

त्यस्तै, कान्तिपुर आजमा समेत मेरो बुबाले म सात सन्तानको बाबु हुँ भन्नु भएको छ । यी प्रतिनिधि अन्तर्वार्तामात्र हुन् । बुबा गायकको रुपमा जहाँ जहाँ अन्तर्वार्ता दिनुहुन्छ त्यहाँ पारिवारिक प्रसंग आउनासाथ ममी र मलाई सधैँ छुटाउनुहुन्छ ।
मेरो बाबाले मलाई होइन मेरी आमालाई अन्याय गरिराख्नु भएको छ । आमा माथि भएको अन्यायको चेपुवामा म छु । किनकी म सधै आमाको काखमा छु । बुबा मलाई तपाईलाई प्रश्न सोध्न मन लागेको छ, मेरी आमाले तिम्रो बुबा बुद्धिकृष्ण नै हुन भनेपछि म थप वैधानिकता खोज्न कहाँ जाऊँ ?
सुरुमा बाच्न संघर्ष गर्नुपर्‍यो । बाँचेपछि लाउन संघर्षपर्‍यो । अनि बस्न संघर्ष गर्नुपर्‍यो । पछि पढ्न संघर्ष गर्नुपर्‍यो । अब भने वैधानिक छोरी बन्ने संघर्षमा छु । बुबा, यो संघर्षको अन्तिम लडाईँ के अब म आधुनिक चिकित्सकीय पद्धति ‘डिएनए’ परिक्षण गरेर गरौँ ?

बुबा तपाईंले म जन्मिएपछि मेरो अनुहारसम्म हेर्नु भएन । एक छाक खुवाउनु भएन । एक पल हेरचाह गर्नुभएन । मेरी आमाको संघर्षले म बाँचे । आमाले दुःख गरेर एक सरो लाउन दिनुभयो । साँझ बिहान खुवाउनुभयो । अक्षर चिनाउनुभयो । म अबोध हुँदा आमाका पीडा केही बुझिन तर आज म आमाको पीडा बुझ्ने भएकी छु ।

मेरी आमाले संघर्ष गरेर मलाई अक्षर चिनाउनुभयो । मलाई लाउन, खान र पढाउनका लागि आमाले मजदुरी गर्ने क्रममा चिप घोट्दा हात प्वाल पथ्र्यो, पस्विना बुन्दा हात खुट्टा दुखेर रातभरी सुत्न सक्नुहुन्नथ्यो । यसरी संघर्ष गरेर मलाई बोर्डिङ स्कुल पढाउनुभयो । आज नर्सिङसम्म पढाउनुभयो । अझैसम्म म आफ्ना खुट्टामा आफैँ उभिन सक्ने भएकी छैन ।

पढाइसँगै आफ्नो खुट्टामा आफैँ उभिने प्रयास गरिराखेकी छु । यो प्रयाससँगै मैले मेरी आमालाई न्याय दिनुछ । अनि साथ साथै मैले पनि न्याय पाउनु छ । सुरुमा बाच्न संघर्ष गर्नुपर्‍यो । बाँचेपछि लाउन संघर्षपर्‍यो । अनि बस्न संघर्ष गर्नुपर्‍यो । पछि पढ्न संघर्ष गर्नुपर्‍यो । अब भने वैधानिक छोरी बन्ने संघर्षमा छु । बुबा, यो संघर्षको अन्तिम लडाईँ के अब म आधुनिक चिकित्सकीय पद्धति ‘डिएनए’ परिक्षण गरेर गरौँ ?
के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो ? सान्तान जन्मिएपछि सन्तानको हेरचाह, लालपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन ? अनि बुबा तपाईं अझै मेरो अनुहार हेर्न चाहनु हुन्न तर मलाई एक पटक भेटेरै सोध्न मन लागेको छ के म नाजायज छोरी हुँ  ?

बुबा, मैले किन ‘डिएनए’ परिक्षण गर्नु पर्छ र ? मेरो जन्मदर्तामा तपाईंको नाम छ । प्रत्येक कक्षा उर्तिण भएका प्रमाणपत्रमा तपाईंको नाम छ । सँगै मेरो नागरिकतामा समेत तपाईंकै नाम छ । साँचै भन्दा तपाईंको भित्री मनमा पनि मेरो नाम छ तर बाहिर बोल्दा किन मलाई बिर्सने कोसिस गर्नुहुन्छ ?

Budhhikrishan_lamichan
गायक बुद्धिकृष्ण लामिछाने
बुबा तपाईंजस्तो समाजको एक प्रतिष्ठित गायकले मेरा केही प्रश्नको जवाफ दिनै पर्छ । के बाबुको कर्तव्य आमालाई गर्भवती बनाउने मात्र हो ? सान्तान जन्मिएपछि सन्तानको हेरचाह, लालपालन र शिक्षादीक्षा बाबुले गर्नु पर्दैन ? अनि बुबा तपाईं अझै मेरो अनुहार हेर्न चाहनु हुन्न तर मलाई एक पटक भेटेरै सोध्न मन लागेको छ के म नाजायज छोरी हुँ  ?

                      गायक बुद्धिकृष्ण लामिछाने विरुद्ध मैयाँ र सुचित्राको लडाईं

काठमाडौँ : ‘घाँस काट्ने खुर्केर’, ‘पिढीमा बसेर मेरो बाटो हेरेर’, ‘बाखरी बाखरी’, ‘एउटा थाप्लोमा दुई नाम्लो’, जस्ता चर्चित गीतका गायक बुद्धिकृष्ण लामिछानेले कान्छी श्रीमती मैयाँ लामिछाने (तिमल्सिना) र छोरी सुचित्रा लामिछानेमाथि अन्याय गरेको सार्वजनिक भएको छ ।

Suchitra mom
बुद्धिकृष्ण लामिछानेकी कान्छी श्रीमती मैयाँ लामिछाने
नेपाली सेनाको खरिदार पोष्टबाट रिटायर बुद्धिकृष्ण गायकको रूपमा चर्चित छन् । पाँच वटी छोरीको बाबु भएपछि छोराको लोभमा बुद्धिकृष्णले मैयाँसँग विवाह गरेको २६ वर्ष पुरा भएको छ । मैयाँलाई कुमार केटा हुँ भनेर वैदिक विधिअनुसार मागी विवाह गरेका बुद्धिकृष्णले विवाहको एक वर्षपछि मैयाँले छोरीकै रुपमा सुचित्रालाई जन्मदिएपछि मैयाँ र सुचित्राको हेरचाह गर्न छोडेको मैयाँ बताउछिन् ।
‘पहिला विवाह भएको छैन भनेर मलाई झुक्याएर विवाह गरे ।  विवाह गरेर घरमा पनि लगेनन् । बाहिरै डेरामा राखे । डेरामै विवाहको एक वर्ष पछि छोरी सुचित्रा जन्मिइन् । छोरी जन्मिएपछिका २५ वर्ष म डेरामै बसेर संघर्ष गरिरहेकी छु ।’

मैयाले भनिन्, ‘पहिला विवाह भएको छैन भनेर मलाई झुक्याएर विवाह गरे ।  विवाह गरेर घरमा पनि लगेनन् । बाहिरै डेरामा राखे । डेरामै विवाहको एक वर्ष पछि छोरी सुचित्रा जन्मिइन् । छोरी जन्मिएपछिका २५ वर्ष म डेरामै बसेर संघर्ष गरिरहेकी छु ।’

कान्छी श्रीमतीको रुपमा मैयाँलाई विवाह गरेको दुई वर्षपछि जेठी श्रीमतीबाट छोरा जन्मिएपछि वषौँ देखि बुद्धिकृष्णले मैयाँ र सुचित्रालाई भेटेका छैनन् । सुचित्रा भन्छिन्, ‘म जन्मेपछि बुबाले आमा र मलाई वेवस्ता गर्न थाल्नुभयो । एक वर्षपछि जेठी आमाबाट छोरा जन्मिएपछि बर्षौ भयो हामीलाई भेट्न आउनु भएको छैन ।’

मैयाँका अनुसार बुद्धिकृष्ण जेठी श्रीमती दुर्गा लामिछानेसँग भक्तपुरको बागेश्वरीमा रहेको घरमा बस्दै आएका छन् । मैयाँ र सुचित्रा भने ललितपुरको नखिपोटमा डेरा गरी बस्छन् ।
भक्तपुरमा श्रीमान बुद्धिकृष्णको नाममा १६ रोपनी जग्गा र घर हुँदासमेत आफू डेरामा एक्लै बस्नु परेको मैयाँको गुनासो   छ । उक्त घर र जग्गाको भोगचलनमा कुनै अधिकार नपाएपछि मैयाँ यत्तिबेला कानुनी लडाईंमा छिन्  ।

भक्तपुरमा श्रीमान बुद्धिकृष्णको नाममा १६ रोपनी जग्गा र घर हुँदासमेत आफू डेरामा एक्लै बस्नु परेको मैयाँको गुनासो   छ । उक्त घर र जग्गाको भोगचलनमा कुनै अधिकार नपाएपछि मैयाँ यत्तिबेला कानुनी लडाईंमा छिन्  ।

नर्सिङ  पेशामा आबद्ध सुचित्रा बाबुको माया नपाए पनि आमाको दुःख, ज्यालामजदुरी र मायाबाट आफ्नो खुट्टामा उभिने प्रयास गरिरहेकी छिन् । सुचित्रा मिडियामा आउने बुबाका अन्तर्वार्तामा आफ्नी आमा र आफैँलाई लुकाएर झुटो विवरण दिदा मन दुख्ने गरेको सुनाउछिन् । सुचित्रा भन्छिन्, ‘बुबा सबै मिडिया अन्तर्वार्ताका क्रममा पारिवारिक प्रसंग आउनासाथ पाँच छोरी र दुई छोरा छन् भन्नुहुन्छ तर म र मेरीआमालाई सधै लुकाउनु हुन्छ । मेरो बुबाका दुई छोरा र छ छोरी छौँ ।’

बुबाले कान्छी श्रीमती र छोरीलाई अंश दिनुपर्छ भनेर मिडियामा आउने अन्तर्वार्तामा झुटो विवरण दिएको सुचित्राको आरोप छ । कानुनी लडार्इंका क्रममा अंश मानाचामल दाबी गर्दै २०६७ सालमा भक्तपुर जिल्ला अदालतमा दायर भएको मुद्धा मैयाँ र सुचित्राले जितिसकेका छन् । कानुनी रूपमा मुद्धाको फैसला मैयाँ र सुचित्राले जिते पनि बुद्धिकृष्णले फैसलाको कार्यान्वयन गरेका छैनन् । मुद्धा फैसलाका बारे सुचित्राले भनिन्, ‘२०६९ चैतमा हामीले मुद्धा जित्यौँ तर बैंक र फाइनेन्सले अझै जग्गा फुकुवा नगरिदिँदा हामीले न्याय पाएनौँ ।’
कानुनी लडार्इंका क्रममा अंश मानाचामल दाबी गर्दै २०६७ सालमा भक्तपुर जिल्ला अदालतमा दायर भएको मुद्धा मैयाँ र सुचित्राले जितिसकेका छन् । कानुनी रूपमा मुद्धाको फैसला मैयाँ र सुचित्राले जिते पनि बुद्धिकृष्णले फैसलाको कार्यान्वयन गरेका छैनन् ।

कृषि विकास बैंक, कर्मचारी सञ्चयकोष, अमरावती बहुउद्देश्य सहकारी संस्था लगायतले जग्गा फुकुवाका लागि आनाकानी गरिदिँदा थप अन्यायमा परेको मैया बताउछिन् । मैयाँ र सुचित्राले जग्गा फुकुवा गरी पाउँ भनी बैंक र फाइनेन्स विरुद्ध भक्तपुर जिल्ला अदालतमा २०७२ साल जेठ २८ गते पुन रिट दायर गरेका छन् । रिटको पहिलो तारिक असार ३१ गतेलाई तोकिएको छ । अशं नपाएसम्म अदालती प्रक्रियाबाट कानुनी लडाईं लडिरहने मैयाँ र सुचित्रा बताउछन् ।

प्रस्तुति : लुइटेल दिनेश ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget