Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सदरमुकाममै छैन, सार्वजनिक शौचालय

दैलेख, ९ साउन । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका प्रेम दशौंदी सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा होटलमा खाजा खाएर शौच गर्न बाध्य भएको बताउनुहुन्छ ।

काम विशेषले सदरमुकाम आउँदा चिनेजानेको कोही नहुँदा र जताजतै बस्ती हुँदा शौचालयको निकै समस्या हुने गरिएको छ । दशौंदी एक उदाहरण मात्र हुुनुहुन्छ । उहाँजस्तै काम विशेषले सदरमुकाम आउनेले सार्वजनिक शौचालय नहुँदा निकै दुःख पाउने गरेको उहाँको भनाइ छ ।
दैलेख जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भएको झन्डै १÷२ महिना हुँदा पनि सार्वजनिक शौचालय बनाउने अत्तो नभएका बेला काम विशेषले कुनै कार्यालयमा जाँदा पानीको अभावले शौचालयमा ताला लगाई दिँदा सेवाग्राहीलाई सास्ती हुने गरिएको छ ।

दैलेख सदरमुकाम दैलेखबजार सहरीकरण हुन थालेपछि बजार आसपास बाक्ला घर निर्माण भएकाले ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउन नारायण नगरपालिकासँग सरोकारवाला निकायले ध्यान आकर्षणसमेत गरेका छन् ।

दैलेखका खुला दिसामुक्त भएका ३७ गाविसमा पायक पर्ने स्थानमा सार्वजनिक शौचालय बनाए पनि जनघनत्व बढी हुने सदरमुकाममै शौचालय नबनाउँदा गाउँबाट सदरमुकाम आएका नागरिक अचम्म पर्ने गरेका छन् ।

सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा शौच गर्न स्थानीय खुला मञ्च टुँडिखेल, गढी क्षेत्र र काँडाचौर छेउछाउमा जानुपर्ने बाध्यता छ । स्थानीयका अनुसार सबैभन्दा ठूलो समस्या महिलालाई छ । जिल्लालाई सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गरे पनि पनि सार्वजनिक शौचालय भने सुस्त गतिमा भएको नारायण नगरपालिका–६ का प्रेम भुर्तेलले बताउनुभयो ।

नगरपालिका घोषणा भएको १८ वर्ष पुग्दासमेत सार्वजनिक शौचालय निर्माण नहुनु दुःखद् पक्ष भन्दै उहाँले एकजुट भएर शौचालय बनाउनका लागि जग्गा खोज्नेदेखि समयमै निर्माण गर्न सबै लाग्नुपर्छ भन्नुभयो ।

जग्गा खोज्ने कार्य अन्तिम चरणमा भएकाले यो वर्षभित्रै सदरमुकामकै पायक पर्ने स्थानमा सार्वजनिक शौचालय निर्माण कार्य थालिने नारायण नगरपालिकाका कार्यकारी अधिकृत गणेशवक्रम शाहले बताउनुभयो ।

दैलेख जिल्लालाई धार्मिक र पर्यटकीय दुवै हिसाबले चिनाउन सबै कुरामा हामीले सहयोग गर्नुपर्ने स्थानीय विकास अधिकारी हरि प्याकुरेल बताउनुहुन्छ । सार्वजनिक शौचालय बनाउनुपर्ने नगरपालिकाको पहिलो दायित्व हुने नगरवासीको भनाइ छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget