
साथै सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि तरुण दलले गरेको छ । गएको असार २९ र ३० गते राजधानीमा बसेको दलको केन्द्रीय कार्य समितिको बैठकले दलको तर्फबाट पार्टीलाई मस्यौदामाथि सुझाव दिन केन्द्रीय सदस्य नारायण भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ ।
बैठकका निर्णय सार्वजनिक गर्न आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दलका अध्यक्ष उदयशमेर राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा ल्याउन योगदान पु¥याउनु भएका सबै नेताहरुलाई धन्यवाद दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँले भूकम्पबाट प्रभावित ठाउँमा तरुण दलले ७९१ वटा अस्थायी आवास र १३७ वटा विद्यालय भवन मर्मत गरेको जानकारी दिनुभयो ।
त्यसैगरी, भूकम्पपीडितका लागि दलका तर्फबाट नगद तथा जिन्सी गरी झन्डै रु पाँच करोड बराबरको राहत सामग्री वितरण गरिएको थियो ।
बैठकले बिपी स्मृति दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमका लागि केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाको संयोजकत्वमा कार्यक्रम समिति गठन गरेको छ । बिपी स्मृति दिवस यही साउन ६ गते पर्दछ ।
दलको महाविधेशनको मिति र कार्यतालिका भने आउँदो असोज १० गते बस्ने केन्द्रीय कार्य समितिको बैठकले तय गर्ने भएको छ । असोज २ देखि ५ गतेसम्म हुने मातृ पार्टी नेपाली काँग्रेसको महाधिवेशन सकिएपछि दलको महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने निर्णय भएको केन्द्रीय सदस्य तिमिल्सिनाले जानकारी दिनुभयो ।
Post a Comment