Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कांग्रेसद्धारा विद्यालय निर्माणका कामलाई तिव्रता

कमला अर्याल


२७ जेठ , रुपन्देही   /


भूकम्प अति प्रभावित नुवाकोट जिल्लामा पुर्ननिर्माणका लागि गएको नेपाली कांग्रेस रुपन्देहीको टोलीले विद्यालय निर्माणका कामलाई तिव्रता दिएको छ ।new photoटोलीले आज नुवाकोटको चौघडाको क्षेत्रपाल उच्च माविको भवन निर्माण कार्य सम्पन्न गरेको छ । त्यस्तै गरि भोली विदुर नगरपालिकामा क्षति ग्रस्त भएको भिमसेन माविको निर्माण गर्ने योजना गरेको कांग्रेस रुपन्देहीका जिल्ला सचिव हिरा बहादुर खत्रीले जानकारी दिनु भएको छ । त्यहा रहेको विद्यालयहरुको निर्माण गर्नका लागि थप समग्री लगिएको समेत उहाले जानकारी दिनु भएको छ ।


पार्टिको केन्द्रीय कार्यक्रम अनुसार पुर्नस्थापना तथा पुर्ननिर्माण अभियानका क्रममा कांग्रेस रुपन्देही भूकम्प प्रभावितको सहयोगका लागि नुवाकोट गएको हो । यसअघि जिल्लामा विभिन्न विद्यालयको टहरा निमार्ण गरि हस्तान्तरण गरेको छ । कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा गएको टोलीमा जिल्ला सचिव हिराबहादुर खत्री, सदस्य गिरिराज पाठक, शिवराम न्यौपाने तथा पार्टिका भातृभगेनी संघसस्थाका प्रतिनिधि भवन निर्माण मजदुर लगायत गरि करिव ५० जनाको सहभागिता रहेको थियो ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget